Advertisement
Advertisement
Advertisement
Advertisement

नीतिगत भ्रष्टाचार रोक्ने कानुन बनाउन संसदमा काम गर्ने नेपालकै कान्छी सांसद सोविताको उद्घोष

  |      18:11:00   |  
web image
web image

मंसिर ७, काठमाडौं। काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। उनी अहिलेसम्म निर्वाचित भएकामध्ये सबैभन्दा कान्छी सांसद हुन्। 

राजनीतिमा पाका र अनुभवले खारिएका प्रतिद्वन्द्वीलाई उछिन्दै २७ वर्षीया गौतमले संसदको यात्रा तय गरेकी छिन्।

काठमाडौं-२ बाट १५ हजार २ सय २९ मत दिएर निर्वाचित गराएपछि उनले मतदातलाई धन्यवाद दिँदै भनिन्, ‘तपाईंहरूले मलाई जिम्मेवारी सुम्पिनुभयो तपाईंहरूको सपना पूरा गर्नेछु।’

राजनीतिक रूपमा काठमाडौं-२ का मतदाता सचेत रहेकाले यसपटक पनि इतिहास रच्न सफल भएको उनको भनाइ छ।

‘हरेक निर्वाचनमा काठमाडौं-२ ले इतिहास रचेको छ। यहाँबाट चयन भएका व्यक्ति राष्ट्रपति भएका छन्। प्रधानमन्त्री बनेका छन्। यसपटक कान्छी उम्मेदवारलाई जिम्मेवारी सुम्पिएर इतिहास रचेको छ,’ उनले भनिन्।

कान्छी सांसद बनेर रेकर्ड राख्ने सोबिताको परिवारमा कोही पनि राजनीतिक पृष्ठभूमिका छैनन्। युवाका सवाल सम्बोधन गर्ने संघसंस्था तथा अन्य सामाजिक संस्थामा सक्रिय हुन थालेपछि उनमा राजनीतिप्रति चासो बढ्दै गयो। वरिपरिका सामुदायिक स्कुलको अवस्था, खानेपानीको अभाव, सडकको दुरावस्था देख्दा उनलाई दिक्दारी लाग्थ्यो।

जनप्रतिनिधिहरूले चुनावका बेला वाचा गर्ने तर काम पूरा नगर्ने प्रवृत्तिका कारण पूर्वाधारका दुरावस्थामा सुधार भएन। यसलाई सुधारका लागि राजनीतिमै सुधार गर्नुपर्ने निचोड सोविताको थियो। राजनीतिमा आउनका लागि उनी उपयुक्त मौकाको खोजीमा थिइन्। त्यहीबेला, रवि लामिछानेले दल खोल्ने छलफल थाले।

त्यो छलफलमा सोविता पनि निरन्तर सहभागी भइन् र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिलाई अघि बढाउने निर्णय गरिन्।

‘राजनीतिमा आउनका निम्ति म उपयुक्त मौकाको खोजीमा थिएँ। रवि लामिछानेको नेतृत्वमा नयाँ पार्टी खोल्ने भएपछि म त्यहाँ जोडिएँ,’उनले भनिन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीले सोवितालाई काठमाडौं-२ को उम्मेदवार बनायो। त्यहाँ उनले पूर्वसभामुख ओनसरी घर्ती, एमालेका मणिराम फुयालसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो। राजनीतिमा पाका र खारिएका उम्मेदवारसँग भिड्दा उनलाई अत्यास महशुस नभएको उनको अनुभव छ।

तर निरन्तर आफ्नो लक्ष्यमा उनी अघि बढिरहिन्। चुनावी अभियानका अनुभवबारे उनी भन्छिन्,‘हेभीवेट उम्मेदवारको सामना गर्दा मलाई कत्ति पनि डर भएन। इमान्दारपूर्वक आफ्नो लक्ष्यमा अग्रसर भइयो भने सफल भइन्छ भन्ने लाग्थ्यो। जनताले साथ दिनुभयो मलाई सफलता प्राप्त भयो।’

कानुनमा स्नातक सोविता सञ्चारकर्ममा समेत आवद्ध छिन्। संसदमा पुगेर नीतिगत भ्रष्टाचार अन्त्यका लागि कानुन निर्माणमा जोड गर्ने उनको योजना छ। खानेपानी, ढल व्यवस्थापन, सडक निर्माण तथा कृषिका समस्या समाधानका लागि संसदबाट सशक्त रूपमा सरकारको ध्यानाकर्षण गराउने उनको धोको छ।

‘नीतिगत भ्रष्टाचारका लागि कानुन निर्माण गर्नुका साथै कानुनी छिद्रहरूलाई टाल्ने काममा म सक्रिय हुनेछु। काठमाडौं-२ का मतदाताले भोग्नुपरेका खानेपानी, ढल व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा आवश्यक नीति निर्माणमा म खटिनेछु,’ उनले भनिन्। 

साँखु, नांगलेभारे पटाप क्षेत्रका कृषकहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सक्रितापूर्वक लाग्ने उनको भनाइ छ।  सांसदहरूको प्रमुख दायित्व नीति निर्माण हो भन्ने कुरा जनतालाई बुझाउने उनको धोको छ।

‘हामीकहाँ सांसद विकासे ठेकेदार बनेका छन्। आफ्नो भूमिका नै नहुने विषयमा वाचा गर्दा सांसद बदनाम छन्। सांसदको भूमिका र सीमितताबारे जनतालाई बुझाउनु पर्नेछ,’उनले भनिन्। 

यो पटक पुराना दललाई बिदा गरेर काठमाडौं-२ ले नयाँ अनुहारलाई अवसर दिएकोप्रति उनी असाध्यै अनुग्रहित छन्। आफ्नो संसद यात्रा साकार पारेपछि सोविताले यहाँको मतदातामा खुसी ल्याउने प्रण गरेकी छिन्।

‘काठमाडौं-२ ले नयाँ अनुहारलाई अवसर दिएको छ। अब मैले यो क्षेत्रका प्रत्येक बासिन्दाका आधारभूत तहका समस्या समाधान गरे अनुहारमा खुशी ल्याउनुछ। काठमाडौं-२ को अनुहार फेर्नुछ।’

स्रोत -सेतोपाटी




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement