फागुन ९, काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले आफ्नो देशमा जति अन्त कहीँ सुरक्षित नभइने महसुस गरेको उल्लेख गरेकी छन्। अहिले आएर महसुस गर्दैछु, आफू जुन देशमा जन्मियो, त्यो देशमा जति सुरक्षा अन्त कतै पनि पाउँदैन एउटा नागरिकले,अभिनेत्री ढुङ्गानाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्।
उनी थप लेख्छिन्, आज अमेरिकाले लखट्दैछ, भोलि अर्को देशले लखट्ला, पर्सि अर्को देशले लखट्ला, लखट्दै लखट्दै हामी जम्मा हुने ठाउँ कहाँ हो रुु
तर, नेपालमै पनि सुरक्षित नरहने अवस्था आएको उनले औँल्याएकी छन्। तर, नेपालमा पनि हामी सुरक्षित कहाँ छौँ र रु देशमा भएको असुविधाको कारण पढ्नलाई पनि हामी विदेश जानुपर्छ, आफ्नो परिवारको पेट पाल्नको लागि भएपनि हामी विदेशिनुपर्छ।
उनले हरेक नेपालीको दिमागमा नेपालमा बसेँ भने करिअर ध्वस्त हुन्छु भन्ने मेन्टालिटी रहेको बताएकी छन्। यतिसम्म कि नेपाल बसेर मेरो करिअर ध्वस्त हुन्छ, खत्तम हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको दिमागमा छ। परिवार भएर पनि घर नभएको महसुस भइरहेको छ, उनले लेखेकी छन्।