Advertisement
Advertisement
Advertisement
Advertisement

निरा हत्याकाण्ड पत्ता लगाउन ४ कोणबाट प्रहरीको अनुसन्धान, सीसी क्यामेराको फुटेज सङ्कलन

  |      17:13:00   |  
web image
web image

बैशाख १३, काठमाडौं । वैशाख ७ मा दिउँसो कपन स्थित सरस्वती नगरमा भाँडा पसल चलाउने निरा पाण्डे आचार्यको पसलमा पुग्दा ग्राहकले उनलाई देखिनन् । दुलाल चोकमा बस्ने कविता ज्ञवाली (नाम परिवर्तन) सामानको पैसा तिर्न जाँदा उनलाई नदेखेपछि निराका पति योगेन्द्र आचार्यलाई फोन गरिन् । करिब ३ सय मिटर पर इलेक्ट्रिक सामग्री पसल चलाउने योगेन्द्रले भने–‘निरा पसलमै छिन्, बाहिर गएकी छैनन् ।’

ग्राहक त्यसपछि भित्र पसिन्, बोलाउँदै काउन्टर नजिक पुगिन् । काउन्टर भित्रपट्टि निरा रगतपच्छे भएर ढलेकी थिइन् । ज्ञवालीले फोन गरेर घटनाबारे जानकारी गराएपछि योगेन्द्र पसलमा पुगेका थिए ।

घटनाबारे उनीहरूले प्रहरी कन्ट्रोलमा ३ बजेर ४० मिनेटमा खबर गरे । प्रहरी प्रभाग कपनकी इन्स्पेक्टर स्मृति सिल्वाल आफ्नो टिम सहित ३ बजेर ४६ मिनेटमा घटनास्थलमा पुगिन् । निराको शरीरमा मन्द ताप थियो तर, बाँच्ने आशा थिएन । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे ।

३५ वर्षीया निराको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले हत्याबारे अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरूले ४ कोणबाट आरोपीको खोजी गरिरहेका छन् । अनुसन्धान अधिकृतहरूको एउटा टिमले आर्थिक पाटोको विश्लेषण गरिरहेको छ । निराको आर्थिक व्यवहार, पसलको आर्थिक कारोबार र उनीसँग भएको सुनचाँदीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

निराले त्यसैदिन टिकटकमा पोस्ट गरेको भिडियोमा उनको गलामा सिक्री लगाएको देखिन्छ । ‘सिक्री लुटपाट गर्न हत्या भएको हो होइन ? भनेर प्रहरी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । तर, उनले त्यस दिन सुनको सिक्री लगाएको अथवा नलगाएको यकिन भैसकेको छैन ।

निरा र पति योगेन्द्र आचार्य बीचको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । निरा र अन्य मानिसहरू बिचको सम्बन्ध पनि अनुसन्धान अधिकृतहरूको केलाएका छन् । ‘निराको सामाजिक सम्बन्धबारे पनि अनुसन्धान गरिरहेका छौँ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘अनुसन्धानमा चारवटा कोणबाट अनुसन्धान भइरहेको छ ।’

अनुसन्धान अधिकृतहरूले घटनाबारे प्राविधिक विश्लेषण गरिरहेका छन् । घटनास्थल वरपरको  क्लोज सर्किट (सीसी) क्यामेराको फुटेज सङ्कलन गरिएको छ । निराको मोबाइलको विवरण पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनाबारे फरक–फरक कोणबाट अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए । डा. केसीले रातोपाटीसँग भने–‘परिणाम आउनेगरी अनुसन्धानमा हाम्रो टिम लागिपरेको छ ।’

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement