Advertisement
Advertisement
Advertisement
Advertisement

नारी संघर्षकै कारण महिलाको प्रतिनिधित्व सुनिश्चित भयो : राजदूत यादव

  |      16:01:00   |  
नारी संघर्षकै कारण महिलाको प्रतिनिधित्व सुनिश्चित भयो : राजदूत यादव

फागुन २२, काठमाडौं । अस्ट्रेलियाका लागि नेपालकी राजदूत चित्रलेखा यादवले नारी संघर्षकै कारण नेपालमा महिलाहरूको लागि ३३ प्रतिशत हक सुरक्षित हुन सकेको बताएकी छन्।

नारी निकुञ्ज अस्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिड्नीमा गरेको कार्यक्रममा बोल्दै नेपाली राजदूत यादवले महिलाहरूलाई समान अवसर र नेतृत्वमा ल्याउन सके महिला अधिकार र सशक्तीकरणमा उल्लेख्य प्रगति हुने बताइन्।

हामीले महिला अधिकारका लागि धेरै संघर्ष गर्यौं। त्यही भएर राज्यका निकायहरूमा महिलाको उपस्थिति बढेको छ, उनले भनिन्, संसदमा ३३ प्रतिशत महिला, स्थानीय तहमा प्रमुख या उप-उपप्रमुख महिला उम्मेदवार बन्नैपर्ने, सभामुख र उपसभामुखमा एक जना महिला हुनैपर्ने प्रावधान राख्न सफल भयौं।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाली समाजमा घरेलु हिंसा एक गम्भीर चुनौतीका रूपमा आएको बताएका थिए। यसलाई सबै मिलेर कम गर्नुपर्ने धारणा उनको थियो। 
नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक संगीता चापागाईंले अस्ट्रेलियामा आफूहरूले महिला हिंसा, बालबालिका लगायतको क्षेत्रमा काम गरेको बताइन्।
नेपालमा पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरेको जानकारी गराउँदै उनले पाठेघरको मुखको क्यान्सर, महिनावारी, प्रजनन् स्वास्थ्य समस्याका बारेमा नेपालका विभिन्न ठाउँमा सचेतनासहित सहयोगका काम गरिरहेको बताइन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement