माघ २९ काठमाडौं । नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
सोही जिल्लाको सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम्फालेकी थिइन्।
सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको टोलीले उनलाई उद्धार गरेको हो।