Advertisement
Advertisement
Advertisement
Advertisement

नवजात शिशु र आमा जोगाउन विशेष तालीम

  |      18:07:00   |  
वेब तस्विर
वेब तस्विर

माघ ९, सुर्खेत । नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई विशेष तालीम ‘मास्टर प्रशिक्षक कोर्ष’ दिइएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पुरा गरेका हुन ।  

बच्चालाई निस्सासिँदो अवस्था तथा सुत्केरी अवस्थामा आमाको अत्यधिक रक्तश्रावले हुने मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वाधानमा यहाँ तालीम सञ्चालन गरिएको थियो । 

कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत  नर्स तथा अनमीले सो तालीम  प्राप्त लिएकोे सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिनुभयो । सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको  थियो ।  

कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अमरबहादुर थापाले बच्चा र आमाको जीवन बचाउन तालीम लिएका स्वास्थ्यकर्मी प्रमुख आधार हुने बताउनुभयो । 
 

उहाँले भन्नुभयो, “आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चिकित्सक एवं स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको छ । यद्यपि रुढीवादी सोचमा परिवर्तन हुन नसकेसम्म यहाँका आमा र शिशुको मृत्युदर कमी ल्याउन अझ बढी चुनौती देखिन्छ।”
 
प्रदेशसभा सदस्य पद्मा खड्काले भौगोलिक विकटताका कारण पनि कर्णालीको स्वास्थ्य अवस्था सुधार ल्याउन समस्या भएको बताउनुभयो । 

प्रमुख प्रशिक्षक डा माइकलले ‘मास्टर तालीम कोर्ष’ कर्णालीका लागि कोशेढुङ्गा सावित हुने र तालीम लिएका स्वास्थ्यकर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी  छ भन्नुभयो ।  ल्याटर–डे–च्यारिटिजका कन्ट्री डाइरेक्टर भोन्डेन वर्गले प्रशिक्षक कोर्ष प्राप्त गर्ने सबै स्वास्थ्यकर्मीलाई इमान्दार एवं लगनशील भएर काम गर्नुका साथै प्रशिक्षक कोर्षबाट सिकेका कुरा अरुलाई सिकाउनसमेत आग्रह गर्नुभयो ।
 
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत  नर्स सिर्जना कार्कीले ‘मास्टर प्रशिक्षक कोर्ष’ चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उचित मार्गनिर्देशन हुने छ भन्नुभयो  । 

कर्णालीको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआउँदा विगत तीन वर्षमा यहाँका १९५ महिला तथा गतवर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो । राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुँदा कर्णालीमा २९ रहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement