Advertisement
Advertisement
Advertisement
Advertisement

दुबईबाट ४४ नेपाली महिला फिर्ता

  |      14:47:00   |  
बिबिसि
बिबिसि

साउन १, काठमाडौं । विना भिसा संयुक्त अरब इमिरेट्स युएइ को दुबई विमानस्थल पुर्याइएका ४४ जना नेपाली महिलालाई त्यहाँको अध्यागमन विभागले काठमाण्डैं फर्काइदिएको एकजना नेपाली अधिकारीले बताएका छन्।

ती महिलाहरुलाई कुवेत लैजाने भनेर भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई विमानस्थल पुर्याइएको जानकारी पाएको अध्यागमन विभागका महानिर्देशकले बताए ।
गम्भीर प्रकृतिको घटना भएको भन्दै आवश्यक अनुसन्धानका लागि छलफल भइरहेको विभागले बताएको छ।

संसद्को श्रम तथा वैदेशिक समितिले वैदेशिक रोजगारीका नाममा नेपालबाट संगठित रुपमा मानव तस्करी गर्न थालिएको निष्कर्ष निकालेको दुई महिना पनि नबित्दै पछिल्लो घटना प्रकाशमा आएको हो।

स्थल नाका
अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार दुबई विमानस्थलबाट फिर्ता पठाइएका ४४ जना नेपाली महिला मंगलबार र बुधबार गरी काठमाण्डैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। तीमध्ये मंगलबार १२ जना, बुधबार एकपटक १३ र अर्कोपटक १९ जना काठमाण्डैं आइपुगेका हुन्।

महानिर्देशक गेलालका अनुसार भारतसँगको स्थल सीमा नाका हुँदै नेपाली महिलाहरुलाई दिल्ली पुर्याइएको र नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई विमानस्थल पुर्याइएको बुझिएको छ।

उनले भने, हामीलाई प्राप्त रिपोर्ट अनुसार विना भिसा उहाँहरु दुबई जानुभएको थियो र उहाँहरुलाई कुवेत लग्ने भनेर त्यहाँ पुर्याइएको थियो। गेलालका अनुसार दुबईलाई अन्य गन्तव्य पुग्ने ट्रान्जिटको रुपमा प्रयोग गरिएको देखिन्छ।

अफ्रिकी मुलुक केन्या पुग्दा अनअराइभल भिसा अर्थात सीमामा पुग्ने बित्तिकै प्रवेशाज्ञा पाउने भएकोले ती महिलाहरुको भिसामा केन्या जान लागेको लेख्न लगाइ सुनियोजित रुपमा दुबई लगिएको देखिएको गेलालले बताए।

महिला बेचबिखन
उनका अनुसार काठमाण्डू फिर्ता पठाइएका कतिपय महिलाले चार, पाँच महिनासम्म आफूहरुलाई एउटै कोठमा कोचिएर राखिएको बताएका छन्।

काठमाण्डू फिर्ता पठाइएकाहरुलाई महिला बेचबिखनविद्ध काम गर्दै आएको गैरसरकारी संस्था माइती नेपालको संरक्षणमा राखिएको छ।

सो संस्थाका निर्देशक विश्वराम खड्काले भने, पाँच,सात दिन उहाँहरु विमानस्थलमा बिचल्ली अवस्थामा हुनुहुन्थ्यो। बिरामी हुनुहुन्छ। टाउको दुख्नेदेखि लिएर वाकवाक लाग्ने भएकोले हामीले थप कुरा गरेका छैनौँ।

पछिल्लो घटनालाई अध्यागमन विभागले गम्भीर रुपमा लिएको विभागका महानिर्देशक गेलालले बताएका छन्। उनले अनुसन्धानका निम्ति केन्द्रीय अनुसन्धान ब्युरो र माइती नेपालसँग विभागले छलफल गरिरहेको बताए।

                                          बीबीसी बाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement