Advertisement
Advertisement
Advertisement
Advertisement

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आङ खसेका महिलाको उपचार गर्दै

  |      11:37:00   |  
web imege
web imege

मंसिर ११, काठमाडौं ।गत आर्थिक वर्षबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको स्क्रिनिङ शिविरमा यस पटक आङ खसेको समस्या भएका ६२ जना महिलालाई पहिचान गरिएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्ककी ८० वर्षीया मनकुमारी (नाम परिवर्तन) ले आङ खस्ने पीडा खेपेको १२ वर्ष भयो । यसको उपचार हुन्छ भन्ने थाहा नभएकै कारण उनी पीडा लुकाएर बसेकी थिइन् । नगरपालिकाले सञ्चालन गरेको आङ खस्ने महिलाको स्क्रिनिङका बेला यस्तो समस्याको उपचार हुन्छ भन्ने थाहा भएपछि उनी उपचारमा लागेकी छन् ।
नगरपालिकाकै वडा नम्बर ६ नेर्पाकी ७४ वर्षीया अर्की एक महिलाले पनि यस्तो पीडा भोगेको दशक नाघ्यो । ६ बच्चालाई जन्म दिएपछि उनमा समस्या देखियो तर परिवारलाई भने भन्न सकेकी थिइनन् ।

नगरपालिकाको स्क्रिनिङ शिविरमा गरिएको काउन्सिलिङपछि उनमा पनि उपचार गर्ने आँट आएको छ । उनीहरूसहित ३६ जना आङ खसेका महिलाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार सुरु भएको छ । सबैको शल्यक्रिया गर्नुपर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेम आचार्यले बताए । उनीहरूलाई लाग्ने औषधि, शल्यक्रिया, कुरुवासहित खाना तथा यातायातको जोहो नगरपालिका र भक्तपुरस्थित सामुदायिक सेवा प्रतिष्ठानले मिलाएका हुन् ।

एक व्यक्ति बराबर करिब ७० हजार रुपैयाँ खर्च लाग्ने आचार्यको भनाइ छ । गत आर्थिक वर्षबाट नगरपालिकाले सुरु गरेको स्क्रिनिङ शिविरमा यस पटक आङ खसेको समस्या भएका ६२ जना महिलालाई पहिचान गरिएको हो । यसमध्ये पहिलो चरणमा मंसिर २ गते १६ जना र मंसिर ५ गते २० जनालाई बस चढाएर बनेपा पुर्‍याइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

गत वर्ष २८ मध्ये २० जनाको शल्यक्रिया गरिएको थियो । आठ जनाको अन्य शारीरिक समस्याका कारण शल्यक्रिया गर्न सम्भव नभएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले बताए । गत वर्ष आङ खसेका २० महिलाको शल्यक्रिया, औषधि उपचारलगायतमा नगरपालिकाको करिब दुई लाखको हाराहारीमा खर्च भएको थियो ।साभार कान्तिपुर

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement