Advertisement
Advertisement
Advertisement
Advertisement

दाङ -२ मा शंकर पोखरेल विरुद्ध उठीन रेखा शर्मा उम्मेद्धारी

  |      14:02:00   |  
web image
web image

कात्तिक २३, काठमाडौं। २३ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल विरुद्ध सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)की रेखा शर्मालाई उठाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की विश्वासपात्र शर्माबीचको प्रतिस्पर्धा दुवै पार्टीका लागि प्रतिष्ठाको विषय बनेको छ ।

२०७४ मा यो क्षेत्रबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका थिए । तर, यसपटक उनी नउठ्ने भएपछि शर्माले टिकट पाइन् ।

२०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेकी शर्माले २०७२ मा सामान्य प्रशासनमन्त्री बन्ने अवसर पाइन् । २०७४ सालमा पनि उनी समानुपातिकबाट सांसद बनिन् । प्रत्यक्ष चुनाव लड्ने उनको इच्छा यसपटक पूरा भएको छ ।

९ असोज २०२६ मा घोराहीको रझेनामा जन्मिएकी उनले २०४३ सालदेखि अखिल (क्रान्तिकारी)बाट राजनीति सुरु गरेकी थिइन् । दाङकै महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण उनी अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष र २०४८ मा अनेमसंघ (क्रान्तिकारी)दाङको अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य र केन्द्रीय अध्यक्ष भइन् ।

२०५७ सालमा पार्टीको केन्द्रीय सदस्य बनेकी शर्मा त्यसबीचमा काठमाडौं उपत्यका उपब्युरो प्रमुख भइन् । त्यही क्रममा २०५८ चैतमा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेर तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गणमा कठोर यातना झेलिन् ।

‘हामीले एक वर्षसम्म रौरव नरक भोग्यौं’ शर्मा भन्छिन्, ‘सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ चैत ३१ गते त्यहाँबाट उम्किएर दुवैजना पार्टी सम्पर्कमा फर्कियौं ।’

अहिले उनी पार्टीको स्थायी कमिटी सदस्य पनि हुन् । र, नयाँ मिसन थपिएको छ– एमालेका महासचिव शंकर पोखरेललाई हराउने । यसक्रममा बस्ती–बस्ती पुग्दा मतदाताले हौसला दिएको बताउँदै उनी भन्छिन्, ‘४ मंसिरसम्म यही माहोल कायम राख्न सके हामी जित्छौं ।’

दाङ–२ को अंकगणित

गत वैशाखको स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मत अनुसार दाङ–२ मा एमाले सबभन्दा ठूलो दल हो । उक्त निर्वाचनमा एमालेले ३३ हजार ५९३, नेपाली कांग्रेसले २३ हजार ३०१, माओवादी केन्द्रले १० हजार ४७८, राप्रपाले ३ हजार २६४ र एकीकृत समाजवादीले २ हजार ९४२ मत पाएका छन् ।

गठबन्धनको भावना अनुसार नै मत खसेको अवस्थामा भने यो आमनिर्वाचनमा एमालेलाई कठिन पर्ने देखिन्छ । त्यसैले सत्ता गठबन्धन र एमाले आफ्नो मत जोगाउँदै विपक्षीको मत तल–माथि पार्ने रस्साकस्सीमा छन् ।

गत स्थानीय निर्वाचनमा १० हजार मत बदर हुँदा पनि गठबन्धनका माओवादी उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५ हजार ३६० मत अन्तरले हराउँदै एमालेका नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

तर, एमालेको बलियो पकड रहेको घोराही उपमहानगरका १, २, ३ र ५ नम्बर वडा क्षेत्र नम्बर १ मा पर्ने भएकाले त्यताको मत शंकरलाई नजाने र माओवादीको पकड रहेको बंगलाचुली गाउँपालिका क्षेत्र नम्बर २ मा पर्ने हुँदा त्यसको फाइदा रेखालाई हुने सत्ता गठबन्धनको विश्लेषण छ ।

माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य दाङ–२ को प्रदेश सभातर्फका दुईवटै सीट कांग्रेसले लिएर तालमेल भएकाले भोट गठबन्धन भावना अनुसारै खस्ने र अपेक्षित विजय हासिल हुने दाबी गर्छन् । प्रदेश सभातर्फ दाङ २ (१) मा कांग्रेसका राजु खनाल र २ (२) मा प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ उम्मेदवार छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement