Advertisement
Advertisement
Advertisement
Advertisement

दाङका तीनै निर्वाचन क्षेत्रमा पुरूष नेतासँग महिला नेतृ प्रतिस्पर्धामा

  |      15:51:00   |  
web image
web image

असोज २५, काठमाडौं । दाङमा प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा पुरूष उम्मेदवारसँग महिला नेतृको रोचक प्रतिस्पर्धा हुने भएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रमुख दलमध्ये नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले एउटा क्षेत्रमा महिलालाई टिकट दिएको छ। यो सँगै तीनै निर्वाचन क्षेत्रमा महिला नेतृहरू पुरूष उम्मेदवारसँग प्रतिस्पर्धामा छन्।

दाङको निर्वाचन क्षेत्र नं.१ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ। कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो। 

शान्ता चौधरीलेयहाँ आफ्नै पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिश्पर्धा गर्नुपर्नेछ। 

निर्वाचन क्षेत्र नं. २ मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रले पूर्वमन्त्री रेखा शर्मालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको छ।

पूर्व सभामुख कृष्णबहादुर महरा पछि सरेपछि रेखालाई पार्टीले उम्मेदवार बनाएको हो। आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादी निकट छन्। त्यसको लाभ रेखालाई हुनसक्छ। 

तर, उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउन सहज हुनेछैन।

२०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका थिए। त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्य मन्त्री बने।

इमान्दार छबिकी रेखा र पार्टी भित्र कम्युनिष्ट आन्दोलन र जबजको ब्याख्याता मानिने शंकरबीचमा रोचक प्रतिस्पर्धा पक्कै हुनेछ।

निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेले कोमल वलीलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनाएको छ।

वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन्। पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रिय सभा सदस्य समेत बनेकी थिइन्। दाङ टिकरीकी कोमल कला क्षेत्रबाट उदाएकी नेतृ हुन्।

स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमल हौसिएकी छन्। तर, कोमललाई यहाँ सोचे जस्तै सहज भने छैन।

उनका प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरि छन्। विगतमा एमालेकै शंकर पोखरेलसँग पनि चुनाव लडेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन्।

उनकै टिम पार्टीको १४औं महाधिवेशनमा जिल्लादेखि प्रदेशमा हाबी छ। पार्टी भित्र संस्थापन पक्षधर गृहमन्त्री बालकृष्ण खाण पक्षलाई हराएर दीपक गिरि लुम्बिनीका एक्ला नेता कहलिएका छन्।

निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने चार पालिकामध्ये तुलसीपुरबाहेक स्थानीय तह निर्वाचनमा कांग्रेसले शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा एकलौटी जित निकालेको थियो। सोही परिणामका आधारमा पनि गिरि बलियो देखिन्छन्।

विगतमा उनको कामलेनै यसपालि गिरिलाई सहज हुने अनुमान पार्टी पङ्तीले गरेको छ।  तर जे होस् कोमल र दीपक बीचको  प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement