Advertisement
Advertisement
Advertisement
Advertisement

ढल्केबरमा ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन हुने

  |      16:50:00   |  
web image
web image
साउन २५ ,काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग चर्किरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त परियोजना कुनै हालतमा नरोकिने स्पष्ट पारेकी छन्। उनले दीर्घकालीन रूपमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले अन्तरिम व्यवस्थाका रूपमा सिराहाको लहानस्थित प्रादेशिक अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने बताएकी हुन्।
सोमबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयरसहितको ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसकेको उल्लेख गरिन्। उनका अनुसार सडक दुर्घटनालगायत गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि काठमाडौँ लैजानुपर्ने बाध्यता हटाउन सरकारले एकैसाथ दीर्घकालीन पूर्वाधार र तत्काल सेवा विस्तार गर्ने रणनीति अपनाएको छ।
मन्त्री मेहताले लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध रहेको बताइन्। त्यहाँ सीटी स्क्यान सेवा, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकजस्ता आधारभूत सुविधा भएकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने निर्णय गरिएको उनको भनाइ थियो।
उनले लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबर ट्रमा सेन्टरको विकल्प नभई अस्थायी तथा व्यावहारिक समाधान भएको स्पष्ट पारिन्। “नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो,” मन्त्री मेहताले भनिन्।
साथै, एक ठाउँमा दीर्घकालीन संरचना निर्माण भइरहँदा अर्को स्थानमा सेवा विस्तार गर्नु विरोधाभास नभएको उल्लेख गर्दै उनले सरकारको नीति नै देशका विभिन्न स्थानमा आवश्यकताअनुसार ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको बताइन्।
“हाम्रो मुख्य उद्देश्य दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाउनुपर्छ र सामान्य उपचारका लागि पनि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,” मन्त्री मेहताले जोड दिइन्।
उनले ढल्केबरमा निर्माण भइरहेको ट्रमा सेन्टरलाई समयमै सम्पन्न गर्न तथा उपलब्ध पूर्वाधारमार्फत तत्काल सेवा सञ्चालन गर्न सबै जनप्रतिनिधि र सम्बन्धित पक्षलाई सहयोग गर्न समेत आग्रह गरेकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement