फागुन २६, काठमाडौं । डोटीमा माटो खन्ने क्रममा ६० वर्षीया महिलाको मृत्यु भएको छ।
शिखर नगरपालिका–७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरिएर हिजो
मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।
घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको ढिस्कोले पुरिएर मृत्यु भएको हो।
माटो खन्ने क्रममा सावधानी नअपनाउँदा डोटीमा बर्सेनि यस्ता घटना घट्ने गरेका छन्।