Advertisement
Advertisement
Advertisement
Advertisement

डोटीबाट समानुपातिक सांसदमा निर्मला साउदमात्रै

  |      12:57:00   |  
web imege
web imege

पुष १०, डोटी । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम आउँदासम्म पनि कुमारसिंह टेलर आफू सांसद हुनेमा ढुक्कै थिए ।

नेपाली कांग्रेसको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका उनलाई जव सामाजिक सञ्जालमा अंकगणित आउन थाल्यो, तब डर लाग्न थाल्यो । उनी अन्तिम प्रयासमा लागे । काठमाडौं पुगे, नेताहरुसंग छलफल गरे । तर केही सीप चलेन । ०६४ सालदेखि लगातार समानुपातिक उम्मेदवार बन्दै आएका टेलरलाई यसपालि पनि सांसद पद जुरेन ।

समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा डोटीबाट ६ जनाको नाम समावेश थियो । उनीहरुमध्ये एकजनाले मात्र सांसद हने अवसर पाए । नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक सूचीमा डोटी पूर्वीचौकी गाउँपालिकाकी निर्मला साउदको नाम अटायो । ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित साउद यस पटक पनि सोही पदमा दोहोरिन चाहन्थिन् । उनले अन्तिमसम्म उपाध्यक्षकै टिकटका लागि दौडधुप गरिन्, तर पाइनन् ।

प्रदेशसभा निर्वाचनमा उनले समानुपातिक सांसद दाबी गरिन्, उनको नाम बन्द सूचीमा पर्‍यो पनि । अन्ततः उनी सांसद बन्न सफल भएकी छन् । एमालेले सदूरपश्चिम प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीमा जम्मा तीन सिट जितेको थियो । समानुपातिकमा ८ जना पाएको एमालेले चार महिला पठाएको छ ।

 

प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार बनेकी कांग्रेस नेतृ प्रशिस महरा पनि अन्तिमसम्म सांसद हुने आशमै थिइन् । तर सकिनन् । कांग्रेस निकट नेपाल महिला संघको केन्द्रीय सदस्य महरा ०७४ सालको स्थानीय तह निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् ।

यस्तै, एमालेले सुदूरपश्चिम प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा दिपायल सिलगढी नगरपालिकाकी शशी सोबको नाम राखेको थियो । एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सोव ०७४ मा जिल्ला समन्वय समिति डोटीका निवर्तमान उपप्रमुख हुन । उनलाई पनि सांसद पद जुरेन ।

माओवादी केन्द्रबाट दुई जनाको नाम प्रदेश समानुपातिक उम्मेदवारको सूचीमा थियो । पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० का केन्द्रीय सदस्य गिता नेपाली र ०५४ सालको स्थानीय निकाय निर्वाचनमा निर्वाचित नगर प्रमुख पुर्णराज जोशीको नाम सूचीमा समावेश भएको भएपनि अन्तिममा दुवै आउट भए ।

नेकपा एकीकृत समाजवादीले सोही वडाबाट सीता रायमाझीलाई समानुपातिक कोटामा उम्मेदवार वनाएको थियो । रायमाझी एकिकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । उनी पनि सांसद हुन सकेन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement