Advertisement
Advertisement
Advertisement
Advertisement

डीएलए अध्यक्षमा लक्ष्मी दाहाल रावलको उम्मेदवारी, महिला नेतृत्वलाई प्राथमिकता

  |      11:43:00   |  
डीएलए अध्यक्षमा लक्ष्मी दाहाल रावलको उम्मेदवारी, महिला नेतृत्वलाई प्राथमिकता
भदौ २, काठमाडौं ।  प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए–नेपाल) को १२औँ महाधिवेशनमा पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
भदौ १९ र २० गते हुने महाधिवेशनमा रावलले अध्यक्ष पदका लागि पुनः प्रतिस्पर्धा गर्ने भएकी हुन्। उनी यसअघि ११औँ महाधिवेशनमा अध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी थिइन्। १०औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित रावल नेपाल बार एसोसिएसनकी पूर्वकेन्द्रीय सदस्यसमेत हुन्।
‘अनुभवको नेतृत्व, संस्थाको रूपान्तरण’ भन्ने नारासहित उनले १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन्। रावलले डीएलएको इतिहासमा हालसम्म महिला अध्यक्ष बन्न नसकेको उल्लेख गर्दै संस्थाको नेतृत्वमा महिला सहभागिता स्थापित गर्न आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको बताएकी छन्।
तर, आफ्नो उम्मेदवारी महिला भएकै कारण नभई अनुभव, योग्यता, संस्थाप्रतिको निष्ठा, कार्यक्षमता र स्पष्ट दृष्टिकोणका आधारमा भएको उनको दाबी छ। उनले आफू पदका लागि नभई संस्थाको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उद्देश्यले चुनावी मैदानमा आएको बताएकी छन्।
रावलको प्रतिबद्धता पत्रमा डीएलएलाई बाह्य हस्तक्षेप तथा गुटबन्दीबाट मुक्त राख्दै विधिको शासनअनुसार सञ्चालन गर्ने, स्वतन्त्र न्यायपालिकाको संरक्षण गर्ने र संस्थालाई प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, सदस्यहरूको क्षमता अभिवृद्धि, संस्थागत सुशासन र डीएलएको आफ्नै भवन निर्माणलाई पनि उनले कार्ययोजनामा समेटेकी छन्। संस्थालाई थप प्रभावकारी, व्यवस्थित र सदस्यकेन्द्रित बनाउने लक्ष्यसहित आफूले नेतृत्वका लागि उम्मेदवारी दिएको रावलले बताएकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement