Advertisement
Advertisement
Advertisement
Advertisement

'ट्रम्पले गोप्य रूपमा रकम तिर्न निर्देशन दिएका हुन्' : कोहेन

  |      11:43:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दुई पूर्व सहयोगीहरू मुछिएका फौजदारी मुद्दाका कारण अहिले उनको राष्ट्रपतीय कार्यकालमाथि कालो बादल मडारिएको अनुभव गरिँदै छ। न्यूयोर्कमा उनका पूर्व वकिल माइकल कोहेनले कर र ब्याङ्कमा अपचलन गरेको स्वीकार गरेका छन्।

 

उनले चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सलाई रकम तिरेको पनि स्वीकार गरेका छन्। ड्यानियल्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताउने गरेकी छन्। कोहेनले ट्रम्पले गोप्य रूपमा रकम तिर्न निर्देशन दिएको बताएका छन्।

 

दोस्रो मुद्दामा भर्जिनियामा एक जुरीले ट्रम्पका पूर्व चुनाव प्रचार संयोजक पल मानाफोर्टले पनि कर र ब्याङ्क अपचलनसम्बन्धी आठवटा मुद्दामा आफूले कसुर गरेको स्वीकार गरेका छन्।

 

बीबीसीका उत्तर अमेरिका सम्पादक जन सपेलका अनुसार दुई मिनेटको अन्तरालमा न्यूयोर्कको संघीय अदालत र एलेक्जेन्ड्रियास्थित भर्जिनियाको अदालतले विस्फोटक खबर दिएका हुन्। सपेल भन्छन् डोनल्ड ट्रम्प वेस्ट भर्जिनिया जानका लागि विमान चढ्दै गर्दा ती खबर आएका थिए।

 

उडान सकेर उत्रिएपछि बोल्दै उनले मानाफोर्टको विषयमा आफू दुखी भएको बताए। तर कोहेनको बारेमा उनले केही भनेनन्। मानाफोर्टले गैरकानुनी रूपमा रकम तिरेको आरोप छ।

 

उनले कतिपय अवस्थामा ट्रम्पको निर्देशनमा रकम तिरेको संकेत गरेका छन्। मानाफोर्ट दोषी प्रमाणित भएमा उनलाई कैद सजाय हुन सक्ने बताइएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement