असोज २८, काठमाडौं । नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।
यसअन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउनेछ ।
दसैँका लागि यो अफर भोलि (२०८० असोज २८) देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।
अफरअन्तर्गत रु.४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेज उपलब्ध हुनेछ ।
त्यसैगरी रु.५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड ११९९ प्याकेज
यसअघि रु.१४९९ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि रु। ११९९ मा उपलब्ध हुनेछ । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।
असोज २८ देखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।
बैशाख ३०, काठमाडौं । कर्णालीमा पहिलो पटक सञ्चालन गरिएको ‘कर्णाली छोरी सम्मेलन-०८२’ १०...
एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको...
असोज २८, काठमाडौं । ह्याकर र साइबर फ्रडहरुले मानिसहरुलाई फसाउन धेरै तरिकामा जालहरु...
असोज २८, काठमाडौं । नेपाली हिन्दूहरुको महान चाड बडादशैंलाई लक्षित गरी गरिमा विकास बैंक...
असोज २८, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना...
असोज २६,काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ...
असोज २६, काठमाडौं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा...
असोज २५, काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्।...
नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण...