माघ २० काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार तेस्रो खेल गुमाएको हो।
यसअघि नेदरल्यान्ड्स र थाइल्यान्ड्सँगको सुरूवाती खेल गुमाएको नेपाल आइतबार भएको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। सिरिजमा थाइल्यान्डले सुरुवाती दुवै खेलमा जित निकाल्दा नेदरल्यान्ड्सले तीनमध्ये दुई खेलमा जित हात पारिसकेको छ।
आइतबार नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो।
नेपालका लागि ओपनर सम्झना खड्काले २५ बलमा ४ चौका प्रहार गर्दै २३ रन जोडिन् भने कप्तान इन्दू बर्माले ३२ बलमा ३० रन बनाइन्। पूजा महतोले १८ रन, कविता कुँवरले १४ रन र सीता राना मगरले नटआउट १० रन बनाए।
बलिङमा नेदरल्यान्ड्सका आइरिस जेइलिङ, डे लाङ्गा र हेथर सेइजर्सले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा १४० रन जोड्यो।
नेदरल्यान्ड्सका लागि बाबेट्टी डि लिडेले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।