माघ ९, काठमाडौं ।टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ ।
आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए। आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ३ बजेको समयमा आगलागी भएको थियो ।
उक्त पर्यटकीय होटल चिसो र हिउँ जमेको स्थानमा भएकाले दमकल पुग्न एक घण्टाभन्दा बढी समय लागेको लागेको थियो । दमकल पुगेपछि पनि आगो निभाउन झण्डै १२ घण्टा लागेका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनापछि प्रहरीले होटलका मालिकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनामा लापरबाही गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन्। मृतकहरुको सम्झनामा टर्कीमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।
वैशाख १६ काठमाडौं । पाल्पामा एक महिलाको शव फेला परेको छ। बगनासकाली गाउँपालिका ६ दुर्पक...
वैशाख १६ काठमाडौं । सुत्केरी व्यथा लागेकी हुम्ला, सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६...
वैशाख १६ काठमाडौं । मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ ।...
वैशाख १६ काठमाडौं । बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको...
वैशाख १६ काठमाडौं । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न...
वैशाख १६ काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको...
वैशाख १६ काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो...
वैशाख १६ काठमाडौं । घरभित्रको पीडा, असमझदारी र झगडापछि आक्रोशमा एक आमाले चालेको कदमले...
वैशाख १६ काठमाडौं । साहित्यकार तथा २०७४ की मदन पुरस्कार बिजेता डा नीलम कार्की निह...