भदौ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीदहरूले न्याय कहिले पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले जेनजी शहीदहरूको सम्झनामा मंगलबार आयोजित स्मृति सभामा सरकारका प्रतिनिधि उपस्थित नभएकोप्रति आपत्ति जनाइन्।
उनले स्मृति सभामा सहभागी हुन तथा शहीदहरूप्रति केही शब्द बोलिदिन बिहान ७ बजेदेखि आग्रह गर्दा पनि सरकारले साँझ ७ बजे मात्रै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेको बताइन्।
उनले भनिन्, ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो। जेनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो।’ तर शहीदको सम्झनामा आयोजित कार्यक्रममा सरकारको उपस्थिति नहुनु दुःखद् भएको उनको भनाइ थियो।
सांसद खतिवडाले सरकारसँग दुईवटा महत्वपूर्ण प्रश्नसमेत गरिन्। ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार रु शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब रु’ उनले प्रश्न गरिन्।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनमा सांसद खतिवडाले आफ्ना २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन्। उनी रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा मनोनीत भएकी हुन्।
सांसद खतिवडाले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारलाई न्याय, उपचार र उचित सम्मान सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरेकी छन्।
Share this with your friends: