Advertisement
Advertisement
Advertisement
Advertisement

जेनजी आन्दोलनको वार्षिकीमा मन्त्री गौतमको संकल्प : ‘यस्तो दिन फेरि कहिल्यै नदोहोरियोस्’

  |      11:42:00   |  
जेनजी आन्दोलनको वार्षिकीमा मन्त्री गौतमको संकल्प : ‘यस्तो दिन फेरि कहिल्यै नदोहोरियोस्’
भदौ २३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई केवल स्मरण गर्ने दिन नभई आगामी दिनका लागि संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्।
मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत गत वर्ष भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका युवाहरूको स्मरण गर्दै त्यस्तो घटना फेरि नदोहोरिने प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन्।
गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचार तथा कुशासनविरुद्ध प्रदर्शन गरेको थियो। सो क्रममा प्रहरीको गोली लागेर १९ युवाको मृत्यु भएको गौतमले उल्लेख गरेकी छन्।
उनले राज्यसँग भीड नियन्त्रणका लागि कम घातक विकल्प हुँदाहुँदै सडकमा गोली चलाइएको भन्दै त्यस घटनाले राज्यप्रतिको जनविश्वासमा समेत गम्भीर चोट पुर्‍याएको बताएकी छन्।
गौतमले राज्यसँग शक्ति र सुरक्षा संयन्त्र भए पनि नागरिकको जीवन रक्षा गर्नु नै राज्यको प्रमुख दायित्व भएको उल्लेख गरेकी छन्। उनका अनुसार राज्यसँग जति ठूलो शक्ति हुन्छ, त्यति नै संयम र जवाफदेहिता आवश्यक हुन्छ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई राज्य सुधारको आधार बनाउनुपर्ने बताउँदै भविष्यका सरकारलाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाउने चेतावनीका रूपमा लिनुपर्ने धारणा राखेकी छन्।
मन्त्री गौतमले जेनजी आन्दोलनको वार्षिकीलाई विगतको पीडा सम्झनेसँगै लोकतान्त्रिक अभ्यास, राज्यको जवाफदेहिता र नागरिक सुरक्षाप्रति नयाँ प्रतिबद्धता गर्ने अवसरका रूपमा लिनुपर्ने बताएकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement