Advertisement
Advertisement
Advertisement
Advertisement

जीवित बृद्धाको मृत्यु दर्ता बनाई जग्गा नामसारी

  |      15:10:00   |  
जीवित बृद्धाको मृत्यु दर्ता बनाई जग्गा नामसारी

भाद्र २४, रौतहट ।  जीवित रहेकी रौतहटको गरुडा नगरपालिका ९ की एक बृद्धाको वडा कार्यालयले मृत्युदर्ताको प्रमाण पत्र बनाइदिए पछि बृद्धाको नाममा रहेको जमिन अर्कैको नाममा बिक्री भएको छ । गरुडा नपा ९ रघुनाथपुरकी ७० बर्षिया परवतीया देवी जीवित रहेपनि मृत्यु भएको प्रमाण पत्र बनाएर जमिन नामसारी गरीएको हो ।

 

परवतिया देवीको २०७२ माघ १५ गते मृत्यु भएको भन्दै छोरा शंकर गोसाइले निवेदन दिएपछि २०७५ बैसाख १९ गते वडा अध्यक्ष राजेश सहनीले मृत्यु दर्ता बनाइदिन सिफारीस गरेका थिए । आफूहरू कार्वाहीमा पर्ने डरले परबतिया देवीको मृत्यु भैसकेको र घरमा भएकी बृद्धा सानीआमा भएको उनको परीवारका सदस्यहरू वताउछन ।

 

शनिवार दिउसो घर अगाडी आगनमा बसिरहेकी बृद्धा केही बोल्न खोज्दै थिइन तर परीवारका सदस्यहरूले बोल्न दिएनन । नौलो मानिस गाउमा आए पनि उनीहरूले शंकाको भावले हेर्ने गर्छन । ति बृद्धको फोटो खिच्न दिदैनन । ७० बर्षिया बृद्धाका बोली प्रस्ट छैन । हिडडुल गर्न सक्दीनन ।

 

परबतियादेवीका छोरा शंकर गोसाइ भन्छन ‘आमा मरीसकेकी छन, त्यसैले मृत्यु दर्ता बनाएको हो ।’ तर स्थानियबासी भने परवतिया देवी जीवित रहेको दावी गर्छन । उनीहरू घरमा भएकी बृद्धा हरीहर गोसाइको श्रीमती परवतिया देवी नै भएको बताउँछन ।

 

बृद्धाको नाममा रहेको जमिन साहुले हडप्ने डरले उनीहरूले मृत्यु दर्ता बनाएर छोराको नाममा ल्याएको र त्यस पछि सर्लाही जिल्लामा रहेकी छोरीको नाममा नामसारी गरेको पाइएको छ । किर्तेगरी मृत्यु दर्ता बनाएको र खारेज पनि भएको थाहा पाएका छोराहरू शंकर र राजेन्द्र नया मानिस गाउमा जाने बितिक्कै डराउछन । परीवारका सदस्य तथा आफन्तहरू समेत खुलेर बोल्दैनन ।

 

आमाको मृत्यु दर्ता बनाएर ३ कठ्ठा ५ धुर , १४ धुर र १९ धुर जमिन छोराहरू शंकर र राजेन्द्र गोसाइले सर्लाहीको सुन्दरपुर की फुलझरी देवीको नाममा नामसारी गराएका छन । बहिनी संग तीन लाख ऋण लिएकाले आमाको नाममा रहेको जमिन बहिनीलाइ पास गरीदिएको शंकरको भनाइ छ ।

 

जीवीत व्यक्तिको मृत्युदर्ता बनाइदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेपछि वडा कार्यालयले उक्त मृत्युदर्ताको प्रमाण पत्र खारेज गरेको जनाएको छ । वडा अध्यक्ष सहनीले मृत्यु भएको भनिएकी बृद्धाका छोराले निवेदन दिएको र चार जना व्यक्तिहरूको सहीछाप गराइ मुजुल्का समेत बनाएर पेश गरेकाले मृत्यु दर्ता प्रमाण पत्र सिफारीस गरेको बताएका छन ।

 

वडा अध्यक्ष सहनी आर्थिक प्रलोभनमा परेर यस्तो कार्यगरेको केही स्थानियको आरोप छ । वडा अध्यक्ष राजेश सहनीको सिफारिस रहेको दर्ता नंं ४७ रहेको उक्त मृत्यु दर्ताको प्रमाणपत्रमा वडा सचिव वासुदेव चौधरीले हस्ताक्षर गरेका छन । वडा सचिव चौधरीले मृत्युदर्ताको लागी छोरा बाटै निवेदन आएकाले बनाइदिएको बताएका छन ।

 

जीवित मानिसको मृत्यु दर्ता बनाउने काम आफु बाट भुलवस भएको स्वीकार्दै उक्त मृत्युदर्ता खारेज गरेको वडा अध्यक्ष सहनीले बताएका छन । झुक्याएर बनाएको नभइ आर्थिक प्रलोभनमा परी मृत्यु दर्ता बनाइदिएकाले वडा अध्यक्ष लाइ प्रचलित कानुन अनुसार कार्वाहीको माग राख्दै बिभिन्न निकायहरूमा रघुनाथपुरका युवा राजकुमार दासले उजुरी दिएका छन ।

 

जीवीत व्यक्तिलाइ मरेको भन्दै मृत्युदर्ता बनाएकोले कार्वाहीको माग गर्दै गृह मन्त्रालय , जिल्ला प्रशासन कार्यालय , गरुडा नगरपालिका तथा अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उनले उजुरी दिएका छन । नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा जेठ १७ गते जानकारी दिदा असार ३२ गते मात्रै खारेज गर्नुमा वडा अध्यक्ष सहनीको स्वार्थ रहेको स्थानिय युवा दासको तर्क छ ।

 

मृत्यु दर्ता बनाउनका लागी निवदन दिने छोरा शंकर गोसाइ पारवतिया देवीको छोरा हुन । परबतिया देवीको तीन जना छोरा मध्य कान्छो छोरा महेन्द्र गोसाइको मृत्यु भैसकेको छ । महेन्द्रको मृत्यु भएपछि उनले लिएको ऋण साहुलाइ नतिर्नका लागी जमिन अर्काको नाममा लगेको केही स्थानियको तर्क छ । महेन्द्रले २०६९ असार १७ गते गाउकै रामदयाल राय संग एक लाख ऋण लिएका थिए । अहिले साउब्याज हिसाव गर्दा करीव १० लाख पुगेको र साहुले जमिन हडप्ने डरले वडा अध्यक्ष लाइ प्रलोभनमा पारेर यसो गरेको हुनसक्ने बताइन्छ ।

 

मृत्यु भइसेकेका महेन्द्रका दाइ शंकरको अनुसार भाइले २० हजार ऋण लिएको तर एक लाखको कागज गराएका छन । लिएको २० हजार मध्य १६ हजार रुपैया फिर्ता गरेको समेत महेन्द्रकी श्रीमतीले दावी गरेकी छिन । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement