फागुन १७, काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकमा अहिले प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ।
छलफलमा सहभागी भएकी प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू पहिचानको मुद्दालाई दबाइएको भन्दै भक्कानिएकी हुन्।
संसद बैठकमा बोल्दै उनले भनिन्, बहुमतको दम्भका अघि म एक्लो सांसदलाई सती पठाएझैं भयो। पहिचानको आवाजको हत्या भयो।
बोल्दाबोल्दै उनको गला अवरूद्ध भएको थियो।
भक्कानिँदै उनले भनिन्- पहिचान विरोधीहरूको बहुमत भएको पीडाले म द्रवित बनेकी छु। पहिचान खोलानालाले मागेको थिएन। ती खोलानाला जोगाउने काम नागरिकले गरे, पहिचान तिनैले मागे। तर, जातीय नाममा न्यायको आवाज दबाइयो।
मन्त्री लिम्बू प्रदेश सभामा जनता समाजवादीबाट एक्ली सांसद हुन्। उनले नेकपा (एकीकृत समाजवादी) ले दर्ता गरेको प्रदेशको नाम लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्तावमा समर्थन गरेकी छन्।