माघ १६, काठमाडौं । रगत बाक्लो
जाडो मौसममा शरीरको तापक्रम भई रगत बाक्लो भई जम्न सक्छ । विशेषत वृद्धवृद्धा, मधुमेह र उच्चरक्तचाप भएकोहरुमा मुटुको चालमा गडबडी भै रगतको गाढापन बढ्ने गर्छ । यसले पनि रक्तनली ब्लक हुने सम्भावना रहन्छ ।
पानीको सेवन कम गर्ने
चिसो मौसममा पानी प्यास कम लाग्छ । जसकारण पानी कम पिउने गरिन्छ । जसले डीहाइड्रेसनको हुन्छ । शरीरमा पानीको कम हुँदा पनि रक्तसंचारले राम्रो काम गर्न सक्दैन ।
मुटुमा तनाव बढ्नु
शरीरलाई तापक्रम अनुकुल राख्न मुटुले रक्तसंचारलाई तीव्र बनाउनु पर्छ । जसकारण मुटुमा दवाव परी भार पर्छ ।
सक्रियता कम
चिसो मौसममा शारीरक गतिविधि कम हुन्छ । जसले तौल र कोलेस्ट्रोलको स्तर बढाउँछ । र, रक्तचाप उच्च हुन्छ ।
श्वासनलीमा संक्रमण
जाडोमा फ्लु जस्तो संक्रमणको जोखिम रहन्छ । जसकारण स्ट्रोकको जोखिम बढ्छ ।
अस्थिर मौसम
उच्च आर्द्रताका कारण मौसम अस्थिर हुन्छ । जसले रगत जम्न सक्छ ।
कसरी बच्ने ?
हाइड्रेट रहने, उच्च रक्तचापको नियन्त्रण गर्ने, स्वस्थ खाना खाने, व्यायाम गर्ने, न्यानो हुने, नुनको सेवन कम गर्ने र दीर्घरोग भए नियमित औषधि खाने गर्नुपर्छ ।