Advertisement
Advertisement
Advertisement
Advertisement

जलवायु न्यायका लागि स्थानीय तहको पहल महत्वपूर्ण : मन्त्री चौधरी

  |      13:45:00   |  
web image
web image
भदौ ३०, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु न्यायका लागि स्थानीय तहबाट भइरहेका पहल प्रशंसनीय रहेको बताएकी छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको जलवायु परिवर्तन सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर स्थानीय समुदायले भोगिरहेकाले समाधानको सुरुवात पनि स्थानीय तहबाटै हुनुपर्ने बताइन्।
मन्त्री चौधरीका अनुसार स्थानीय समुदायको अनुभव, परम्परागत ज्ञान, प्राकृतिक स्रोत संरक्षणका अभ्यास र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम प्रभावकारी हुन्छन्। जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा विपद्बाट हुने हानि–नोक्सानी व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताइन्। हिमनदी पग्लिने, हिमतालको जोखिम बढ्ने तथा बाढी, पहिरो, खडेरी र डढेलोको समस्या बढ्दै गएको भन्दै उनले यसको असर कृषि, पर्यटन, जलस्रोत, स्वास्थ्य, जीविकोपार्जन र खाद्य सुरक्षासम्म परेको उल्लेख गरिन्।
मुस्ताङजस्ता उच्च हिमाली क्षेत्रमा पानीका स्रोत संरक्षण, हिमताल तथा हिमनदीको जोखिम व्यवस्थापन, जलवायु अनुकूल कृषि, चरन क्षेत्र र जैविक विविधता संरक्षण तथा वातावरणमैत्री पर्यटनमा विशेष ध्यान दिनुपर्ने उनले बताइन्।
मन्त्री चौधरीले महिला, आदिवासी जनजाति तथा स्थानीय समुदायलाई जलवायु नीति निर्माण र कार्यान्वयनमा सक्रिय सहभागी बनाउनुपर्नेमा समेत जोड दिइन्। जलवायु बजेटलाई लैङ्गिक संवेदनशील बनाउँदै महिलाको ज्ञान, आवश्यकता र नेतृत्वलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
जलवायु परिवर्तनको चुनौती समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले परियोजनामुखीभन्दा परिणाममुखी र समुदायमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement