फागुन २५, काठमाडौं । हेटौंडाबाट मकवानपुर प्रहरीले जबरजस्ती करणी आरोपमा सात जना किशोरहरुलाई पक्राउ गरेको छ। घटनामा संलग्न भइ पक्राउ परेका आरोपितहरु १८ वर्षभन्दा मुनीका किशोरहरु भएकाले प्रहरीले उनीहरुको पहिचान भने गोप्य राखेको जनाएको छ।
घटनामा पीडित युवतीले प्रहरी कार्यलयमा जाहेरी दिएपछी घटना बाहिर आएको हो। पीडित युवतीले घटनाको बारेमा २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनले पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा २२ फागुनमा पाँच जना र २३ गते दुई जना गरि सात जना नियन्त्रणमा लिएको बताए ।घटना हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिरको माथि जंगलमा जबर्जस्ती करणीको घटना भएको प्रवक्ता डिएसपी अर्यालको भनाइ छ।
आरोपित किशोरहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्धामा पाँच दिनको म्याद अनुमती लिई अनुसन्धान थालिएको उनको जानकारी दिए ।