Advertisement
Advertisement
Advertisement
Advertisement

छुवाछूत भएको तीन महीना हुँदा पनि मुद्दा दर्ता भएन

  |      20:19:00   |  
वेब तस्विर
वेब तस्विर

►सुशील दर्नाल 
कात्तिक १३, सर्लाही, मलगङ्वा । घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय जानुभएको थियो । 

 

अजय भत्ता लिनका लागि लाइनमा बस्नुभएको थियो । त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेबुलमा राख्नुभयो । टेबुलमा राखेको पानी अजयले निकालेर पिउनुभयो । पानी पिएपछि कार्यालय सहयोगी चौधरीले चमार ९दलित० भएर पानी छोएको भन्दै अजयलाई कार्यालय बाहिर निस्कन दबाब दिए तर अजय रामले मान्नुभएन । 

 

कार्यालय सहयोगी चौधरीले “तिमी चमार भएर मेरो पानी खाइदियो, पढेँ लेखेको भन्दैमा जे मन लाग्यो त्यही गर्छौं चमार भएर” भन्न भ्याएछन् । त्यसै क्रममा वडाध्यक्ष सञ्जय शाह आउनुभयो र उहाँले पनि तिमी चमार भएर जे मन लाग्छ त्यही गर्ने, पानी छोइदिने बाहिर निस्केर जाउ भन्न थाल्नुभयो । अजय रामले यो कसैको निजी सम्पत्ति होइन, म यहीँ बस्छु भन्दै गर्दा वडाध्यक्ष सञ्जय शाहले हातपात गर्न थाल्नुभयो । 

 

“मलाई वडाध्यक्ष शाहले बाहिर निस्केर जाउँ भन्दै गर्दा म बाहिर नगएपछि उहाँले मलाई कठालोमा समातेर कुटपिट गर्दै कार्यालयबाट बाहिर लिकाली दिनुभयो”, अजयले भन्नुभयो । कार्यालयभित्रै कार्यालय अध्यक्षबाटै हातपात गर्दै बाहिर निकालेपछि त्यहाँ असुरक्षाको महसुस गर्दै अजय घर फर्किए तर दुर्भाग्य अजय रामले न्यायका लागि तत्कालै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिँदा अहिलेसम्म मुद्दा दर्ता हुन सकेको छैन । पीडकलाई कारवाही हुनुपर्ने माग गर्दै अजय जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ अनुसार गत भदौ १ गते जाहेरी दर्ता गराउन प्रहरी कार्यालय पुग्नुभएको थियो।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले वडामै मिलापत्र गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न मान्नुभएन । अजयले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको सुनासो गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भन्नुभयो कार्यालय सहयोगीबाट हातपात भए पनि वडाध्यक्षसँग भनाभन भएको कुरा मात्रै आफ्नो जानकारी आएको भन्दै घटनालाई वडास्तरमै मिलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । 

 

लामो समयसम्म मुद्दा दर्ता नहुनुको कारण र घटनाबारे अध्ययन, अनुगमनका लागि घटनास्थल पुगेको एक अनुगमन टोलीसँग कुरा गर्दै प्रजिअ पोखरेलले जतिसक्दो चाँडो पीडितले न्याय पाउने गरी आफूहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घटनाबारे अध्ययन गर्न समावेशी फाउण्डेशनको नेतृत्वमा राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव तथा अधिवक्ता सीतारामा घले परियार, अधिवक्ता रामबहादुर मिजार अधिकारकर्मी सन्तोषकुमार पुलामी र पत्रकार सुशील दर्नालसहितको टोली आइतबार घटनास्थल आइपुगेको छ । 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोषराज पोखरेलले उजुरी दर्ता नभए पनि घटनाबारे अनुसन्धान भइरहेको र जतिसक्दो चाँडो मुद्दा दर्ता गर्ने आश्वासन दिनुभयो । “मुद्दा दर्ता गर्नका लागि चार पटकसम्म म प्रहरी कार्यालय गए तर प्रहरी प्रशासनले वडाध्यक्षसँग मिल्नका लागि दबाब दिँदै आउनुभएको छ, मलाई प्रहरी माथि नै शङ्का छ”, पीडित अजयले भन्नुभयो । 

 

पीडितले न्याय पाउनुपर्ने माग गर्दै दलित सङ्घर्ष समिति सर्लाही र स्थानीय दलित अधिकारकर्मीले ज्ञापनपत्र प्रस्तुत गर्नुका साथै, धर्ना, जुलुसलगायत विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले मुद्दा दर्ता नगर्ने सिडियो र प्रहरी उपरीक्षकलाई समेत कारवाहीको माग गरेका छन् । सङ्घर्ष समितिका संयोजक राधेश्याम पासवानले जतिसक्दो चाँडो मुद्दा दर्ता नगरेको खण्डमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement