फागुन २२, काठमाडौं । छात्रालाई अश्लील म्यासेज पठाएको आरोप लागेपछि सल्यानको कपुरकोट गाउँपालिकाको सल्यान कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले राजीनामा दिएका छन्।
विद्यालयमा अध्ययनरत एक छात्राले आफूलाई प्रधानाध्यापक केसीले अश्लील म्यासेज पठाएको भनेर गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएकी थिइन्।
न्यायिक समितिमा उजुरी परेपछि प्रधानाध्यापक केसीले राजीनामा दिएका हुन्। गाउँपालिका अध्यक्ष दुर्गबहादुर पुनले विद्यालयमा अध्ययनरत छात्राको उजुरीपछि आफूले प्रधानाध्यापकलाई निलम्बन गर्न पत्राचार गरेको बताए।
अध्यक्ष पुनले छात्रालाई प्रधानाध्यापक केसीले पठाएको म्यासेज दुईअर्थी रहेको पाइएपछि विद्यालयलाई पत्राचार गरिएको बताए। साथै छात्रालाई प्रहरीकहाँ जान सुझाव दिएको पनि बताए।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर सेनले गाँउपालिकाले कारबाहीका लागि पत्राचार गरेपछि प्रधानाध्यापक केसीले तीन दिनअघि नै पदबाट राजीनामा बुझाएको जानकारी दिए ।
‘उहाँको राजीनामा हिजो स्वीकृत भइसक्यो,’ उनले भने, ‘गाउँपालिकाबाट उहाँको राजीनामा स्वीकृती गराउन र नयाँ प्रअमा वामदेव अधिकारीलाई नियुक्त गर्न गाउँपालिका जाँदैछु।
विद्यार्थीलाई नकारात्मक म्यासेज गरेको भनिएका प्रअ केसीले भने आफूले त्यो नियतले म्यासेज नगरेको दाबी गर्दै आएका छन्।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...