Advertisement
Advertisement
Advertisement
Advertisement

घरयासी काममा व्यस्त महिलाका लागि सहज बन्दै 'मेरो किराना'
घर-घरमा निशुल्क सामान पुर्याउने व्यवस्था

  |      12:16:00   |  
घरयासी काममा व्यस्त महिलाका लागि सहज बन्दै 'मेरो किराना'

►भक्तराज रसाइली
भदौ ७, काठमाडौं। दशैंको माहौल । काठमाडौंका आदर्शराज पाण्डेले किराना पसलमा ठेलमठेल मानिसहरु असिनपसिन गर्दै सपिङ गरिरहेको देखे । सामान किन्नका लागि समेत ठेलमठेल गर्नुपर्ने, ठूलै संघर्ष गर्नुपर्ने त्यो दृश्यले उनलाई बिझायो । असिनपसिन भएर सामान किनी ट्याक्सी भाडा खर्चेर जानुपर्ने बाध्यता, शहरको घुइँचोमा सामान किन्न आउँदा धूलोधुँवाको सकस त अझ कत्ति हो कत्ति रुयी सबै सकसरहित सपिङ सेवा संचालन संभव छैन ? अमेरिकाको सम्भ्रान्त र प्रविधियुक्त जीवनशैली भोगेर नेपाल फर्किएका पाण्डेको मनले भन्यो–किन संभव नहुनु ? संभव छ । यही निश्कर्षले जन्मायो मेरोकिराना डटकम ।  

 

३६ वर्षीय पाण्डेको यो अवधारणामा सहमति जनाएर जोडिन पुगे काठमाण्डौकै ३० वर्षीय सागरदेव भट्ट र २८ वर्षीय कल्याण अधिकारी । यी तिनै युवाले एमबीए उत्तीर्ण गरेका हुन् । आफूले पढेका कुराहरु समेत यहाँ काम लाग्यो र यो टिमले मेरो किराना नामको सपिङ अनलाइनलाई अगाडि बढाउने अठोटसहित काम सुरु गर्यो । 

 

किराना भन्नेबित्तिकै सानो कोठामा हजारौं सामान खचाखच गरी राखिएका, भीड खचाखच, हत्तपत्त हेर्न पनि असहजका साथै सामानको मूल्य सोध्दा पनि साहूजी रिसाउने पीर, जस्ता दृश्यहरु सर्वसाधारणको नजरमा झलझली आउँछ ।

 

विश्व डिजिटलमा गईरहेकाले प्रविधिको फाइदा उठाउन सके जुनसुकै व्यापार व्यवसायबाट सफलता सम्भव छ, मेरो किरानाको छोटो यात्राको उपलब्धिले यही निश्कर्ष दिन्छ । समयसँगै प्रविधिको उचित तालमेलले व्यवसायमा निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । प्रविधिले चूनौती सँगसँगै थुप्रै अवसरका भेलहरु ल्याउने भएकाले युगअनुसारको व्यवसाय गर्नुपर्ने प्रेरणा यी तीन युवाको कथाबाट अरुले पनि लिन सक्छन् । 

 

मेरो किरानाका सुरुवाती दिनहरु कम संघर्षपूर्ण थिएनन् । सुरुमै उनीहरुले व्यवसाय गरेनन् । नयाँ बानेश्वर क्षेत्रका घरहरुलाई अध्ययनको थलो बनाए । ३ हजार घरमा आउटसोर्सिङबाट अध्ययन अनुसन्धान गरे । प्रश्नावली बनाएर अनुसन्धान गर्दा सेवा कस्तो लाग्छ, सर्भिस लिनुहुन्छ या हुन्न भन्नेजस्ता प्रश्नहरुमा सर्वसाधारणको राय बुझ्ने काम गरियो । परिणाम उनीहरुले सोचेजस्तौ आयो, अर्थात सकारात्मक ।

 

आदर्शराजले ल्याएको अवधारणामा उनको दृृढता देख्दा  सुरुमा उनका साथीहरु अचम्ममा पनि परेका थिए । करिब ४ वर्ष अमेरिका बसेका उनमा क्लिक भएको नयाँ सोचाइलाई व्यवसायमा परिणत गर्न उनले सागरदेव भट्ट र केमू अनलाइनमा कार्यरत कल्याण अधिकारीसँग मिलेर मेरोकिरानालाई जन्म दिएका हुन् ।

मेरो किरानाका को-फाउन्डरहरु 

उनीहरु सबैले आ—आफ्नै बचत रकमलाई नै लगानीका रुपमा पूँजी निर्माण गरे । जागिर सेफ साइड त हो, तर ५ वर्षपछि ईकमर्सको भविष्य राम्रो हुने देखेर अहिले नै किन सुरु नगर्ने र ट्रेन्ड नबसाउने भन्ने सोंचले काम अगाडि बढाएको कल्याण बताउँछन् । कम्पनी ऐन अन्तर्गत रही भ्याटको दायरामा समेत आएको मेरो किराना बैधानिक रुपमा पहिलो अनलाईन किरानास्टोर भएको उनीहरुको दाबी छ । ‘हामी भ्याट बिल ग्राहकलाई दिन्छौं र क्वालिटीमा ग्यारेन्टी पनि।’ टिमका कल्याण अधिकारी सुनाउँछन्।

 

रिगंरोडभित्र रु. १० देखि माथिका सामान निःशुल्क डेलिभरी गर्ने र रिगंरोड बाहिर २ हजारसम्म सामान खरिदमा ग्राहकलाई रु. ५० डेलिभरी चार्ज लिने उनीहरु बताउँछन् । २ हजार भन्दा माथिका सामान ग्राहकले खरिद गरेमा निःशुल्क नै डेलिभरी गर्ने किरान टिमले बताए । 

 

हाल काठमाण्डौंमा मात्र सीमित उनीहरु पोखरा, चितवन लगायतका देशका  मुख्य सहरहरुमा पनि शाखा विस्तार गर्ने योजनामा छन् । ग्राहकहरुले एक पटक सेवा लिइसकेपछि उनीहरु सेवाप्रति सन्तुष्ट भएर नै आज दोस्रो वर्षसम्म १० हजार नियमित ग्राहक भइसकेका उनीहरुको दाबी छ । प्रत्येक महिना ४० प्रतिशतले व्यवसाय पनि बढेकोमा दंग उनीहरु जुनसुकै ब्राण्डका ग्रोसरी आइटम अनलाइनमार्फत बेचिरहेका छन्।

 

लिदा वेबसाइटकै च्याट अप्सनबाट र फोन प्रयोग गर्न सकिन्छ । धेरै चाहिँ फोनबाट नै अर्डर आउने गरेको पाण्डे बताउँछन् । १० बजेअघिको अर्डर सोही दिन र त्यसपछिकालाई २४ घण्टाभित्र होम डेलिभरी गर्ने टिमका कल्याणले बताए । 

 

अरु छाडेर किन मेरो किराना डटकम नै रोज्ने रु भन्ने हाम्रो प्रश्नमा कल्याण अधिकारी भन्छन्–‘न्यूनतम मूल्य, गुणस्तरीय सामान, निःशुल्क होम डेलिभरी जस्ता सुविधा लिन मेरोकिराना नै एकमात्र भरपर्दो अनलाइन सपिङ हो।’ उनले भने–‘हामी ग्राहक केन्द्रित भएर जतिसुकै तला भएको घरमा पनि निःशुल्क डेलिभरी गरिदिन्छौं ।’

हाल यो टिमले प्रत्यक्ष रुपमा १८ जना र अप्रत्यक्ष रुपमा ५ सय हाराहारीलाई रोजगारी दिइरहेको छ । सुरुवाती दिनहरुमा सिन्धुपाल्चोकका भूकम्पपीडितलाई रोजगारीमा प्राथमिकता दिइएको उनीहरुले सुनाए ।

 

किराना सामान खरिदमा कुमारी बैंकका ग्राहकलाई १० प्रतिशतसम्म क्यास ब्याक र लोयल्टी पोइन्ट्सबाट ग्राहक लाभान्वित गराइरहेको टिमको दाबी छ । काठमाण्डौको कमलपोखरीमा अफिस र अर्को ठाउँमा गोदाममार्फत उनीहरु कारोबार गरिरहेका छन् ।सही कानूनको अभाव , अस्तव्यस्त तथा अफ्ठयारा बाटाहरु र भ्याटबिल बेगरका बग्रेल्ती अनलाइनहरुसँगको तीव्र प्रतिस्पर्धालाई आफूहरुले चुनौति देखेको उनीहरु बताउँछन् । ग्राहकहरुमा अनलाइन शिक्षाको पनि अभाव रहेको बताउने उनीहरु एकै स्वरमा भन्छन्–‘पोटेन्सियल ग्राहक एकचोटि मेरो किराना कोशिस गनुस्, दुःखी नबनाउने जिम्मा हाम्रो हो।’दैनिक औसत ८० जना ग्राहक रहेको उनीहरु दाबी गर्छन् ।

 

यो टिमका मेम्बरहरुले देशमै धेरै काम गर्न सकिने बताउँछन् । उनीहरुको भनाईमा हरेक कामका लागि जोखिम उठाउन सक्नुपर्छ । यसैले मानिसलाई सफलतातर्फ डोहोर्याउँछ । मार्केटले के चाहिरहेको छ, त्यसलाई मिहीन अध्ययन गरी अगाडि बढ्न सकिएको खण्डमा त्यसले सफल बनाउने उनीहरुको सुझाव छ । कुनै पनि कामलाई सानो वा ठूलोको रुपमा नहेर्ने यो टिमका सदस्यले हरेक कामलाई सम्मानको नजरबाट हेर्न सक्नुपर्नेमा जोड दिए ।

 

यो टिमले भविष्यमा ५ हजार जनासम्मलाई रोजगारी दिनसक्ने प्लेटफर्म बनाउने लक्ष्य लिएको छ । योसँगै हाम्रो किरानको व्यवसायलाई दिन दुईगुणा रात चौगुणा बढाउने समेत उनीहरुको योजना छ । एसईई पछि पार्टटाइम जब गरे स्किल बढ्ने र सही समयमा सही ज्ञान आउने उनीहरु सुझाउँछन् ।

 

राजनीतिमा खासै चासो नराख्ने यी युवाहरु वातारण संरक्षणप्रति भने निकै उचेत रहेको पाइयो । होम डेलिभरी गर्दा एउटा भ्यान र ५ वटा ईलेक्ट्रिक स्कुटर प्रयोगमा ल्याएको उनीहरुले बताए । ‘भ्यान पनि उपलब्ध थियो भने ईलेक्टिक नै चलाउथ्यौं ।’ टिम मेम्बर पाण्डेले भने ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement