Advertisement
Advertisement
Advertisement
Advertisement

ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

  |      20:28:00   |  
वेब तस्विर
वेब तस्विर

कात्तिक १३, चौतारा । रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा सोमबार आयोजित स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षणबाट सो तथ्य फेला परेको हो । 

 

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ डा किशोर प्रधानाङको नेतृत्वमा सात जना स्वास्थ्यकर्मी सहभागिता रहेको शिविरमा ३०० महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । नगरपालिकाले आयोजन गरेको सो शिविरको थाहा फाउण्डेशनले समन्वय गरेको थियो । 

 

उक्त शिविरमा १८० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा १५० जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै तीन जनामा सङ्क्रमणको पूर्व अवस्थाका बिरामी फेला परेका थिए । परीक्षणबाट पाठेघरको मुखमा मासु पलाएका सात जना, आङ खसेको छ जना र पाठेघरको मुख र ग्रन्थीकोे क्यान्सर दुई जनामा फेला परेको थियो । 

 

त्यसैगरी २०२ महिलाको स्तन क्यान्सरको परीक्षण गरिएकामा तीन जनामा क्यान्सरको सम्भावना देखिएको थियो भने तीन जनाको स्तनमा गाँठा फेला परेको थिए । शिविरमा दुई हजार ५०० लाई जनचेतानासम्बन्धी परामर्श प्रदान गर्नुका साथै २०० लाई निःशुल्क औषधि प्रदान गरिएको नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो । 

 

शिविर शुभारम्म कार्यक्रममा नगरपालिकाका प्रमुख अमानसिं तामाङ र थाहा फाउण्डेशनका अध्यक्ष सरु दाहालले स्वास्थ्य शिविर सञ्चालन गर्नुको औचित्य र उद्देश्य माथि प्रकाश पार्नुभएकोे थियो । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement