Advertisement
Advertisement
Advertisement
Advertisement

ग्यास अभावप्रति एमालेको सरकारमाथि आक्रोश, ‘सर्वसाधारणलाई सिलिन्डर खोज्नै मुस्किल’

  |      16:28:00   |  
ग्यास अभावप्रति एमालेको सरकारमाथि आक्रोश, ‘सर्वसाधारणलाई सिलिन्डर खोज्नै मुस्किल’
भदौ ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पछिल्लो समय देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले ग्यास अभावले विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विद्यार्थी, अपांगता भएका व्यक्ति तथा न्यून आय भएका परिवार बढी प्रभावित भएको बताइन्।
उनले ग्यास अभावका कारण सर्वसाधारणले महँगो मूल्यमा सिलिन्डर किन्नुपर्ने अवस्था आएको भन्दै सरकारसँग अभावबाट प्रभावित परिवारको वास्तविक तथ्यांकसमेत छ कि छैन भनेर प्रश्न गरिन्।
अर्यालका अनुसार न्यून आय भएका धेरै परिवारसँग ग्यासको विकल्पका रूपमा विद्युतीय चुल्हो प्रयोग गर्ने सुविधा छैन। त्यसैले ग्यासको अभाव उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको समस्या बनेको छ।
‘काम छाडेर ग्यास खोज्न जाने कि रोजगारी गर्न जाने रु’ भन्दै उनले सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाइन्। ग्यासको कृत्रिम अभाव सिर्जना भएको आरोप लगाउँदै उनले बजारमा महँगो बिक्री र कमजोर वितरण प्रणाली तत्काल सुधार गर्न सरकारसँग माग गरिन्।
पछिल्लो समय काठमाडौंसहित विभिन्न क्षेत्रमा ग्यास अभाव बढ्दा सर्वसाधारण सिलिन्डरका लागि पसल तथा डिपो धाउन बाध्य भएको विषय संसद्मा समेत उठेको हो।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement