चैत २४, काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।
महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन् ।
बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।
तर महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । महानगर प्रहरीले नदी किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकोमा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।