Advertisement
Advertisement
Advertisement
Advertisement

गुल्मीमा विद्यालयबाहिरका दुई सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै

  |      13:59:00   |  
गुल्मीमा विद्यालयबाहिरका दुई सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै

माघ २५ काठमाडौं । गुल्मी तम्घासका आठजना सडक बालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाएका छन् । रेसुंगा नगरपालिकाकी स्वास्थ्य संयोजक मञ्जु घर्तीमगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेका बालिकाहरूलाई खोप लगाइएको हो ।

रेसुंगा नगरपालिकाभित्र १३ जना बालिका विद्यालयको पहुँचबाहिर रहेका छन् । जिल्लाभर २४४ बालिका विद्यालयबाहिर रहेको र उनीहरूले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ । गत २२ माघबाट देशभर खोप अभियान सञ्चालन भएको छ ।

गुल्मीमा विद्यालयबाहिर रहेका रेसुंगा नगरपालिकाका १३, मुसिकोट नगरपालिकाका ७४ र चन्द्रकोट गाउँपालिकाका पाँच बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए ।

त्यस्तै, इस्मा गाउँपालिकाका विद्यालयबाहिर रहेका ३५, मदाने गाउँपालिकाका २५, धुर्कोट गाउँपालिकाका ४६, गुल्मीदरबार गाउँपालिकाका पाँच, छत्रकोट गाउँपालिकाका २६ र रुरुक्षेत्र गाउँपालिकाका विद्यालयबाहिर रहेका १५ बालिकालाई एचपिभी खोप लगाइने आचार्यले बताए ।

विद्यालयलाई मात्रै प्राथमिकता दिएर खोप अभियान सञ्चालन हुँदा विद्यालयबाहिर निर्माण स्थल, होटेल र घरेलु कामदारको रूपमा रहेका किशोरीहरू छुट्न सक्ने विषयमा इन्सेकलगायतका संस्थाले स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिको ध्यानाकर्षण गराएका थिए ।

साथै खोपका लागि जन्मदर्ता र उमेर खुल्ने सरकारी कागज अनिवार्य गरिएको छ । जसका कारण सडक बालिका, होटेल, निर्माणस्थल र घरेलु कामदारको रूपमा रहेका बालिकाहरू स्वर्णीय अवसरबाट छुट्ने सम्भावना छ ।

स्वास्थ्य कार्यालय गुल्मीको प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले सामुदायिक र संस्थागत गरेर २१० विद्यालयभन्दा बाहिर रहेका २४४ किशोरीहरूलाई पनि खोपको पहुँचमा ल्याउने निर्णय भएको बताइन् । उनले सदरमुकाम तम्घासमै त्यस्ता किशोरीहरूको संख्या रहेको र बाहिर स्थानीय तहमा समेत समन्वय गरेर लाभग्राही उमेर समूहलाई खोपबाट वञ्चित नगर्ने प्रतिबद्धता जनाइन् ।  

अभियानमा जिल्लाका १२ स्थानीय तहका ११ हजारभन्दा बढी किशोरी बालिकाहरूले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदै छन् । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर भएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले खोप पाउने वरिष्ठ जनस्वास्थ्य अधिकृत थापाले बताइन् ।

जिल्ला खोप समन्वय समिति गुल्मीका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले हरेक स्थानीय तहमा विगतका अभियानहरू जस्तै एचपिभी खोप पनि अगाडि बढेकाले लाभग्राही किशोरीहरू छुट हुन नहुनेमा जोड दिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement