Advertisement
Advertisement
Advertisement
Advertisement

कोशी प्रदेश सरकारमा महिलाको प्रतिनिधित्व १६.६६ प्रतिशत मात्रै

  |      11:20:00   |  
web image
web image
भदौ २, काठमाडौं ।  कोशी प्रदेश सरकार गठन भएको नौ वर्ष पुग्न लाग्दा प्रदेशको कार्यपालिकामा महिलाको सहभागिता अझै कमजोर देखिएको छ। नौ वर्षको अवधिमा ६ जना मुख्यमन्त्रीसहित ७२ जना मन्त्री बने पनि महिलाको संख्या १३ जनामा सीमित छ। यो कुल सहभागिताको १६।६६ प्रतिशत हो।
संविधानले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरे पनि कोशी प्रदेशको मन्त्रिपरिषद्मा भने त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। विशेषगरी क्याबिनेटस्तरको जिम्मेवारीमा महिलाको प्रतिनिधित्व निकै न्यून देखिएको छ।
प्रदेश सभाको पहिलो कार्यकालमा तीन जना मुख्यमन्त्री र ३० जना मन्त्री बनेका थिए। त्यसमध्ये पाँच जना महिला मात्रै मन्त्रिपरिषद्मा पुगेका थिए। पाँचमध्ये दुई जनाले मात्रै पूर्ण मन्त्रीको जिम्मेवारी पाएका थिए भने तीन जना राज्यमन्त्रीमा सीमित भएका थिए।
२०७६ माघ ५ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईको सरकारमा जसमाया गजमेर राज्यमन्त्री नियुक्त भएपछि कोशी प्रदेशमा महिलाको मन्त्रिपरिषद् प्रवेश भएको थियो। त्यसपछि २०७७ चैत १३ गते उषाकला राईले सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हालिन् भने कला घले राज्यमन्त्री बनिन्।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको कार्यकालमा विष्णु तुम्बाहाम्फे राज्यमन्त्री र खिनु लङ्वा लिम्बू पर्यटनमन्त्री बनेकी थिइन्।
प्रदेश सभाको दोस्रो कार्यकालमा मन्त्री नियुक्ति र फेरबदलको क्रम थप तीव्र भयो। सोमबार भएको मन्त्रिपरिषद् विस्तारसँगै दोस्रो कार्यकालमा ४२ जना मन्त्री बनेका छन्, जसमा नौ जना महिला छन्। तर, नौमध्ये तीन जना मात्रै क्याबिनेटस्तरको मन्त्री बनेका छन् भने छ जना राज्यमन्त्रीमा सीमित भएका छन्।
यस अवधिमा निर्मला लिम्बूले पूर्ण मन्त्रीको जिम्मेवारी पाएकी थिइन्। सिर्जना राई, इन्दिरा थापा, सुनिताकुमारी गुरुङ, बन्दना झाँगर र शोभा चेम्जोङलगायत महिला सांसदले भने विभिन्न समयमा राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन्।
पछिल्लो मन्त्रिपरिषद् विस्तारमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट खिनु लङ्वा लिम्बूलाई पर्यटनमन्त्री र गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री नियुक्त गरिएको छ। यस्तै सपना दर्जी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्। पार्टीले पाएका चार मन्त्री र एक राज्यमन्त्रीमध्ये तीन पदमा महिलालाई अवसर दिएको हो।
नौ वर्षमा ७२ जना मन्त्रिपरिषद् सदस्य बन्दा पाँच जना महिलाले मात्रै क्याबिनेटस्तरको मन्त्रीको जिम्मेवारी पाउनुले प्रदेश सरकारमा लैङ्गिक समानताको अवस्था अझै कमजोर रहेको देखाउँछ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने पछिल्लो मन्त्रिपरिषद् विस्तारमा महिलाको सहभागिता बढेको भन्दै यसलाई सकारात्मक कदमका रूपमा लिएका छन्। उनले महिलाको कार्यसम्पादनले सरकारलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न प्रेरणा दिने बताएका छन्।
संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागितालाई व्यवहारमै कार्यान्वयन गर्न राजनीतिक दलहरूले महिलालाई राज्यमन्त्रीमा मात्र सीमित नगरी महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा समेत समान अवसर दिनुपर्ने देखिन्छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement