मंसिर ६, काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नं.१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ३१९ मतान्तरका साथ अग्रता लिएकी छिन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार १३ हजार ३७१ मत गणना हुँदा उनी ६ हजार ५७९ मतका साथ अग्रता कायमै राखेकी हुन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ४ हजार २६० मतका साथ पछ्याइरहेका छन्। नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ३६० मतका साथ तेस्रो स्थानमा छन्।