Advertisement
Advertisement
Advertisement
Advertisement

के महिलाहरू पुरूषभन्दा बढी समय निदाउनुपर्छ ?

  |      14:04:00   |  
के महिलाहरू पुरूषभन्दा बढी समय निदाउनुपर्छ ?

फागुन ११, काठमाडौं । धेरैले महिलाहरू पुरूषहरू भन्दा बढी समय निदाउनुपर्छ भन्छन्। कतिले त महिलाहरूलाई निकै नै धेरै निद्रा चाहिन्छ भन्छन्।

सामाजिक सञ्जालहरूमा गरिने यस्ता दाबीमा कतिले शारीरिक र हर्मोनल भिन्नताको कारण दिन्छन्। कतिपयले महिलाहरूको दिमागले पुरूषहरूको भन्दा छिटो काम गर्ने भएकाले धेरै निद्रा चाहिने तर्क गर्छन्।

एक अध्ययनले भने महिलाहरूलाई पुरूषको तुलनामा धेरै निद्रा चाहिने कुनै प्रमाण नभएको देखाएको छ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले बोस्टनको ब्रिघम एन्ड विमेन्स हस्पिटलका डाक्टर सुजान बर्टिस्चका भनाइलाई आधार मान्दै यसबारे समाचार प्रकाशन गरेको छ।

निद्राको समस्या सम्बन्धी डा। सुजान भन्छिन्,महिलाहरूले हरेक रात औ‍सतमा पुरूषहरू भन्दा धेरै समय ओछ्यानमा बिताउँछन्। तर यसको मतलब उनीहरूलाई धेरै निद्रा चाहिन्छ भन्ने होइन।

केही अध्ययनहरूले पुरूष र महिलाको निद्राको अवधिमा भएका भिन्नताहरूको मूल्यांकन गरेका छन्।
सन् २०१३ को एक महत्त्वपूर्ण अध्ययनमा शोधकर्ताहरूले अमेरिकाका ५६ हजारभन्दा बढी वयस्कहरूको निद्राबारे तथ्यांक विश्लेषण गरेका थिए।

सहभागीहरूलाई हालैको २४ घण्टाको अवधि कसरी बिताए भनेर सोधिएको थियो। पुरूषहरूभन्दा महिलाहरूले औसतमा ११ मिनेट बढी निद्रामा बिताएको बताएका थिए।
यसको अर्थ महिलाहरू वास्तवमै पुरूषहरू भन्दा ११ मिनेट बढी सुतेका थिए भन्ने चाहिँ होइन। अध्ययनले व्याख्या गरे अनुसार त्यसमा उनीहरूले निदाउन प्रयास गरेको समय पनि समावेश थियो।

हार्वर्ड मेडिकल स्कुलकी निद्रा वैज्ञानिक रेबेका रबिन्सका अनुसार महिलाहरूलाई निद्रा नलाग्ने समस्या पुरूषहरूलाई भन्दा धेरै हुन्छ। सन् २०१३ को सो अध्ययनमा महिलाहरूले बच्चाको हेरचाह गर्नुपर्ने लगायत कारणले आफ्नो निद्रामा पुरूषहरूको तुलनामा करिब पाँच गुणा बढी बाधा भएको बताएका थिए।

अरू अनुसन्धानले पनि बच्चाको हेरचाह गर्नु नपरे पनि महिलाहरूले औसतमा पुरूषहरू भन्दा कम गुणस्तरको निद्रा अनुभव गर्छन् भन्ने देखाएका छन्। सन् २०२३ को अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनले दुई हजार जनाभन्दा बढी वयस्कहरूसँग अनलाइन सर्वेक्षण गरेको थियो। त्यसमा पनि पुरूषहरू भन्दा लगभग दोब्बर महिलाहरूले बिहान उठ्दा धेरै कम वा कहिल्यै पनि राम्रो आराम गरेको महसुस नभएको बताएका थिए।

महिलाहरूको निद्रा किन खराब हुन्छरु

महिलाहरू पुरूषहरू जति राम्ररी किन निदाउँदैनन् भन्नेबारे वैज्ञानिकहरूसँग स्पष्ट उत्तर छैन। उनीहरूले केही अनुमान भने गरेका छन्।

प्रोजेस्टेरोन हर्मोनले राम्ररी निदाउन सघाउँछ। जब महिनावारीको ठीक अगाडि प्रोजेस्टेरोन घट्छ, महिलाहरू राम्ररी निदाउँदैनन्, निद्रा समस्याबारे काम गर्ने न्यूयोर्ककी मनोवैज्ञानिक विशेषज्ञ शेल्बी ह्यारिस भन्छिन्।

उनका अनुसार महिनावारी हुने बेला र भएपछि केही दिनसम्म हर्मोन स्तर परिवर्तन हुने भएकाले महिलाहरूको निद्रामा समस्या हुन्छ।

त्यस्तै आमा महिलाहरूले बच्चाको हेरचाह र घरायसी काम गर्ने भएकाले पुरूषको तुलनामा उनीहरूलाई निदाउन र सुतिरहन गाह्रो हुन्छ।

महिलाहरू साना साना घरायसी कामका बारेमा सोचेर चिन्ता गर्छन्। चिन्ता र तनाव हाम्रो निद्राका दुई ठूला बाधा हुन्, हार्वर्ड मेडिकल स्कुलकी निद्रा वैज्ञानिक डा। रेबेका रबिन्स भन्छिन्।

महिलाहरूमा उमेर बढ्दै जाँदा पनि अनिद्रा लगायत समस्या बढ्दै जान्छन्।

निन्द्रा पुग्यो कि पुगेन भन्ने कसरी थाहा पाउनेरु

अमेरिकाको नेसनल स्लिप फाउन्डेसनका अनुसार वयस्कलाई सामान्यतया हरेक रात सातदेखि नौ घण्टाको निद्रा चाहिन्छ। तर यो समय व्यक्तिपिच्छे फरक हुन सक्छ। 

निद्रा समस्याबारे काम गर्ने न्यूयोर्ककी मनोवैज्ञानिक विशेषज्ञ शेल्बी ह्यारिस भन्छिन्, ठ्याक्कै यति घण्टा चाहिन्छ भनेर ठोकुवा गर्न सकिँदैन। तर प्रायः सबैलाई कम्तीमा सात घण्टाको निद्रा चाहिन्छ।

राति कति सुतियो वा कम्तीमा सात घण्टा निदाएको सुनिश्चित गर्न स्मार्टवाच वा अन्य ट्र्याकिङ उपकरण प्रयोग गर्न सकिन्छ। तर सबभन्दा राम्रो उपाय भनेको दिउँसो जीउले कस्तो महसुस गर्छ भन्ने नै हेर्नुपर्ने डा। रेबेका रबिन्स बताउँछिन्।

नियमित रूपमा दिउँसो थकान महसुस भयो भने निद्रा नपुगेको वा निद्रा सम्बन्धी समस्याको संकेत हुन सक्छ। पर्याप्त समय निदाएँ भन्ने लागे पनि थकान महसुस हुन्छ, निद्रै लागिरहन्छ वा जागिरहन समस्या हुन्छ भने डाक्टरलाई देखाउनुपर्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement