Advertisement
Advertisement
Advertisement
Advertisement

कूटनीतिक पहलबाट ‘आदिपुरुष’ विवादको अन्योल स्पष्ट पारदिन परराष्ट्रलाई सञ्चारको आग्रह

  |      17:44:00   |  
web imege
web imege

असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।

‘भारतमा फिल्म चलिरहेको छ तर नेपालमा रोकिएको छ । खास भएको के हो, यसबारे अन्योल छाएपछि स्पष्ट हुन कूटनीतिक पहलको लागि पत्र पठाएका हौं,’ सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले अनलाइनखबरसँग भने, ‘द्विपक्षीय सम्बन्ध र चलचित्र बजारको कुरा पनि भएकाले पत्र लेखिएको हो ।’

यो विवादमा आवश्यक समन्वय र कूटनीतिक पहल गरिदिन भन्दै सञ्चारले पत्रमार्फत परराष्ट्रलाई आग्रह गरेको हो । ‘सेन्सर बोर्डले पास गरेर पनि फिल्म प्रदर्शनको अनुमति दिएको हो । तर पनि विवाद रोकिएको छैन । हामी यसबारे थप स्पष्ट हुन खोजिरहेका हौं,’ उनले भने ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्षेत्राधिकारभन्दा बाहिर गएर फिल्म प्रदर्शन रोकेको भन्दै काठमाडौं महानगरका मेयर बालन शाहविरुद्ध घुमाउरो कटाक्ष गरेकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक भएर स्टन्ट नगर्न आग्रह गरिन् ।

यसैबीच यो विवादमा कूटनीतिक पहलका लागि मन्त्रालयलाई पत्र लेखिएको समेत उनले उल्लेख गरिन् ।

अनलाइनखबर

 

 

 

-


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement