Advertisement
Advertisement
Advertisement
Advertisement

कालोबजारी विरूद्धको ऐन खारेज गरेर सरकारले व्यापारीलाई जथाभावी मूल्य तोक्न दिएको हो ?

  |      16:09:00   |  
कालोबजारी विरूद्धको ऐन खारेज गरेर सरकारले व्यापारीलाई जथाभावी मूल्य तोक्न दिएको हो ?

माघ १०, काठमाडौं । हालै सरकारले आर्थिक वातावरणका लागि सुधार गर्न भनेर विभिन्न ऐन संशोधन गर्‍यो। यसैमध्ये थियो, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२। 

ऐनले व्यापार क्रममा २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने र अभावको समयमा लाभ उठाएर अनुचित लाभ लिएर बिक्री गरेको पाइएमा एक वर्ष जेल वा दुई लाख ५० हजारसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको थियो। जेल वा जरिवाना दुवै समेत हुन सक्ने व्यवस्था थियो। 

सरकारले गरेको पछिल्लो संशोधनको क्रममा यो व्यवस्था हट्यो। यसले गर्दा धेरैले सरकारले कालोबजारीलाई प्रश्रय दिएको समेत आरोप लगाए।

अहिले पनि कालोबजारी नियन्त्रण र व्यापारमा प्रतिस्पर्धात्मक वातावरणका लागि ऐन, नियम नभएका भने होइनन्। 

उपभोक्ता हकहित संरक्षण गर्न र व्यापारमा प्रतिस्पर्धात्मक वातावरणका लागि २०३२ सालपछि पनि अन्य ऐन आएका छन्,एक अर्थविदले भने, पछि आएका ऐनहरूले नै काम गर्ने अवस्थामा पुराना ऐनलाई राखिरहनपर्ने आवश्यकता नै थिएन। व्यवसायीले ऐन मात्रै पढेर बस्ने त होइन नि।

एउटै विषयमा एकभन्दा धेरै ऐन हुँदा यसले व्यवसायमै समस्या पारेको व्यवसायीहरू समेत बताउँछन्। 
एउटै विषयमा प्रमुख जिल्ला अधिकारी, राजस्वले, भन्सारले, वाणिज्य विभागले अनुगमन गरिरहेको हुन्छ,ती व्यवसायीले भने,यसले सरकारी अधिकारीहरूलाई अनावश्यक लाभ लिने विकल्प मात्र दिइरहेको छ।

अहिले पनि उपभोक्ता हकहित संरक्षण ऐन २०७५, प्रतिस्पर्धात्मक प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ र आवश्यक वस्तु संरक्षण ऐन २०१२ कार्यान्वयनमा छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement