तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ ।
पुस ५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर अन्तिम साता औसत १० हजार किलो तरुल आयात हुँदै आएको थियो ।
तरुलको उत्पादन र आयात बढेसँगै मूल्य सस्तिएको छ । समितिका अनुसार शुक्रबार तरुल प्रतिकिलो अधिकतम ८० रुपैयाँ छ । एक साताअघि प्रतिकिलो ९० रुपैयाँ थियो ।
शुक्रबार कालीमाटीमा ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ९०, सानो स्थानीय गोलभेँडा ५०, रातो आलु ६०, सेतो आलु ४२, प्याज ६३, बन्दा ५०, स्थानीय काउली ४०, भन्टा ५०, मटरकोशा ११०, घिउ सिमी ९०, तिते करेला ११०, लौका ८०, भिण्डी १२०, बरेला ७० रुपैयाँ प्रतिकिलो छ ।