Advertisement
Advertisement
Advertisement
Advertisement

कालीकोटमा बलात्कार आरोपी पक्राउ गर्दा पीडित परिवार र प्रहरीमाथि आक्रमण

  |      16:15:00   |  
कालीकोटमा बलात्कार आरोपी पक्राउ गर्दा पीडित परिवार र  प्रहरीमाथि आक्रमण


बैशाख २५, काठमाडौं ।कालीकोटमा जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि कुटपिट भएको छ ।

जबर्जस्ती करणीका आरोपी पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित परिवारमाथि गाउँलेले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकोछ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठका अनुसार सोमबार विहान साढे ६ बजे बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए ।

गाउँलेहरुको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य घाइते भएको एसएसपी श्रेष्ठले जानकारी दिए । ‘दुबैजना सामान्य घाइते छन्, उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ’ श्रेष्ठले भने ।

बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएको र उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका आरोप छ । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि प्रहरीले सोमबार विहान ४ बजे उनलाई पक्राउ गर्न चार जना प्रहरी टोली खटाएको थियो ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement