Advertisement
Advertisement
Advertisement
Advertisement

काभ्रेमा बाढीपीडित गर्भवती महिलालाई कम्बल वितरण

  |      14:58:00   |  
काभ्रेमा बाढीपीडित गर्भवती महिलालाई कम्बल वितरण

पुस २५, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छिन् ।

राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेका बाढी पहिरो प्रभावित ६ स्थानीय तहका १ हजार ९० गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरिएको हो ।
पनौती नगरपालिकाका ३ सय १६, नमोबुद्ध नगरपालिकाका २ सय १७, बेथानचोक गाउँपालिकाका २ सय ३०, रोशीका १ सय ५३, भुम्लुका १ सय ३ र तेमालका ७१ गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरिएको सञ्जालकी लक्ष्मी खनालले जानकारी दिइन् ।

परराष्ट्रमन्त्री राणाले पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टाराईलाई ब्लाङ्केट हस्तान्तरण गरेकी हुन् ।
ब्लाङ्केट वितरण गर्दै परराष्ट्र मन्त्री राणाले प्रसव पीडाका कारण ज्यान गुमाउने अवस्थामा पुगेपछि सुरक्षित मातृत्वको अभियानमा लागेको बताइन् ।

‘सन्तानलाई जन्म दिने बेलामा म जुन प्रसव पीडाबाट गुज्रिएँ, मर्छु की बाँच्छु भन्ने अवस्थामा पुगेको थिएँ,’ उनले भनिन्, ‘म र मेरो सन्तान त बाँच्यौं तर यही पीडा भएका अन्य महिला बच्न सक्लान की नसक्लान् भनेर यो अभियानमा जोडिएको हुँ,’ गर्भवती र सुत्केरी विशिष्ट अवश्यकता रहेको तर्क गर्दै उनले भनिन् ।

पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षित मातृत्व र प्रजनन अधिकार स्थापित गर्न सञ्जालले खेलेको भूमिकाको प्रशंसा गरे ।

बागमती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले असोज १० देखि १२ गतेसम्म अविरल वर्षापछिको बाढी पहिरोमा काभ्रेमा अर्बौं भन्दा बढी रकम बराबरका भौतिक क्षति भएको भन्दै त्यसको पुनर्निर्माणको लागि सघाउन अनुरोध गरे । उनले बीपी राजमार्गको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि परराष्ट्रमार्फत पहल गरिदिन अनुरोध समेत गरे ।

सन् १९८६ देखि ‘सफा सुत्केरी’ अभियान चलाएको समूह सन् २००५ देखि महासंघको रुपमा काम गरिरहेको छ । महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठका अनुसार, सञ्जालले सुरक्षित मातृत्वको लागि नीतिगत वकालत, पैरवी र बर्थिङ सेन्टर स्थापना लगायतको काम गर्दै आएको छ । विपद्, महामारीमा अवरुद्ध स्वास्थ्य सेवा सुचारु गर्नको लागि पहल गरेको सञ्जालले विपदको समयमा डिग्निटी किट, स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement