Advertisement
Advertisement
Advertisement
Advertisement

काकाले पत्नीसँग सम्बन्ध राखेको शंका गर्दै श्रीमती र भतिजको हत्या गरे

  |      14:20:00   |  
web imege
web imege

पुस २४, काठमाडौं  ।  चितवनको भरतपुर महानगरपालिका १२ मा पर्ने मिलनचोक नजिकै मुख्य सडकखण्डमा गत मंसिर ६ गते दिउँसो साढे १२ बजेतिर जुटका दुईवटा बोरा भित्र दुईवटा शव भेटिए ।

केरुङ्गा खोला नजिकै सुकुमबासी वस्तीको पारीतर्फ भेटिएको एक महिला र एक पुरुषको शव पहिचान गर्न प्रहरीलाई सकस पर्‍यो । सुरुमा उनीहरूको हुलिया सार्वजनिक गरेको प्रहरीले त्यसको केही दिनपछि अनुहारको स्केच तयार गरी सार्वजनिक गर्‍यो ।

ती स्केच देशभरका प्रहरी निकायमा पठाइयो । तर नेपालमा कहीँकतैबाट आफन्त हराएको खबर नआएपछि प्रहरीले मृतकहरू भारतका हुनसक्ने भन्दै भारतीय प्रहरीसँग सम्पर्क गरिएको थियो । अन्ततः मृतक दुवै जना भारतका भएको र हत्यामा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै भएको पत्ता लाग्यो ।

डेढ महिनापछि प्रहरीले निकालेको निष्कर्ष छ- हत्या भएकाहरू भारत मोतिहारी फूलवारी सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र भारत विहार सुगांव डीह, सुगौली पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भनिने सन्जु देवी हुन् । उनीहरू दुवैको हत्या सन्जुदेवीका श्रीमान ३३ वर्षीय अखिलेश भगतले गरेका थिए । अखिलेश अहिले भारतको सुगौलीस्थित प्रहरी हिरासतमा छन् ।

अखिलेशकी श्रीमती सन्जु र भतिज ऋषभ तरकारी र फलफूलको व्यापारका लागि नेपाल आउने-जाने गरिरहन्थे । उनीहरु अन्तिम पटक दशैंको बेला चितवन आएका थिए । उनीहरु भरतपुर बसपार्कको मिलनचोक नजिकै कोठा भाडामा लिएर बसेका थिए ।

अखिलेशकी श्रीमती र भतिज डेरा गरेर बसेको घर। अखिलेशले उनीहरूको हत्या यही घरको कोठाभित्र गरेका थिए ।

अखिलेशले आफ्नी ३० वर्षीया श्रीमती सन्जु र १९ वर्षीय भतिज ऋषभबीच प्रेम सम्बन्ध रहेको शंका गर्दथे । यो विषयमा उनीहरुबीच बेला-बेला झगडा पनि हुने गरेको थियो । यही क्रममा गत मंसिर २ गते अखिलेशले श्रीमती र भतिजको डेरामै हत्या गरे ।

त्यसपछि दुई वटा शवलाई दुई वटा अलग-अलग बोरामा प्याक गरे । अनि मंसिर ३ गते साइकलमा लोड गरेर डेरा कोठादेखि करिब ५ सय मिटर टाढा भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पर्ने मिलनचोकको कल्भर्ट मुनि लगेर फ्याँके ।

मंसिर ६ गते बोराभित्र शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा बोराभित्र शव थिए । दुवै शव हातखुट्टा क्रस गरेर बाँधेको, मुखमा टेप लगाइदिएको र घाँटीमा सलजस्तो कपडाले कसेको अवस्थामा थिए ।

शव उठाएर भरतपुरको सरकारी अस्पतालमा ल्याएर राखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा ती शव नेपालीकै हुन सक्ने अनुमान प्रहरीले गरेको थियो । तर मृतकका आफन्त कोही पत्ता लागेनन् । त्यसपछि चितवन प्रहरीले सबै प्रहरी युनिटमा मृतकको स्केच सार्वजनिक गरेर पहिचानका लागि सहयोग मागेको थियो ।

प्रहरीका अनुसार अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता थियो । त्यो उनी पुस १६ गते भारतमै पक्राउ परेका थिए ।

अखिलेश हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा छन् । उनीसँग बयान लिन नेपाल प्रहरीका एकजना डीएसपी नेतृत्वको टोली मोतीहारी नै पुगेर बयान लिएको थियो । वयानको क्रममा उनले श्रीमती र भतिजको हत्या गरेको स्वीकार गरेको सीआईबीका प्रवक्ता अधिकारीले बताए ।

अन्तरदेशीय समन्वय

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, संकलित सूचना समेतको विश्लेषण गरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएको प्रहरीले जनाएको छ ।

‘भरतपुरमा दिनदहाडै शव भेटिएको घटनाबारे लामो समयसम्म केही कुरा भेट्टाउन नसक्दा निराश जस्तै बनाएको थियो,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘तर भारतीय प्रहरीकोसमेत सहयोग भएर केही क्लू भेट्टाएपछि थप अनुसन्धान गर्न सजिलो भयो र हामी सफल भयौं ।’

हत्या गरिएका र हत्यामा संलग्न व्यक्तिको डेढ महिनापछि पहिचान गर्न सफल भएको नेपाल प्रहरीले यसलाई ठूलो उपलब्धिमध्ये एक भएको रूपमा लिएको छ । ‘अन्तरदेशीय अपराधका घटनाको अनुसन्धानमा पाएको यो सफलतालाई उपलब्धिका रूपमा लिएका छौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।साभार अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement