मंसिर ६, काठमाडौं। मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन । उनले ४ मतले अग्रता लिएकी हुन् । सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छन्।
कांग्रेस नेतृ सुजाता कोइरालालाई एमालेका ऋषिकेश पोख्रेलले पच्छ्याइरहेका छन्। पोख्रेलले ३ हजार ५२२ मत प्राप्त गरेका छन् । यसअघि एमालेका पोख्रेलको अग्रता थियो।