Advertisement
Advertisement
Advertisement
Advertisement

कर्णालीमा जनशक्ति अभावका कारण बजेट फ्रिज जाने अवस्था छ : मन्त्री उर्मिला विश्वकर्मा

  |      12:51:00   |  
web image
web image

बैशाख २४, काठमाडौं । कर्णालीकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले कर्णालीमा कर्मचारीको अभाव कायमै रहेको बताएकी छन् । कर्मचारी अभावले प्रदेश सरकारको बजेट फ्रिज भएर खेर जाने अवस्था रहेको उनको भनाइ छ ।

शनिबार वीरेन्द्रनगरमा पत्रकारसँग मन्त्री विश्वकर्माले प्रदेश सरकारको कामकारबाहीको गति बढाउन कर्मचारी अभावको हल हुनुपर्ने बताइन् । जलस्रोत तथा ऊर्जा मन्त्रालयमा पनि प्राविधिक कर्मचारीहरू अझै अपुगरहेको उनले बताइन् ।

मन्त्री विश्वकर्माले कर्णाली प्रदेश दौडँदा पनि विभिन्न कारणले अन्य प्रदेशलाई भेट्टाउन नसकेको बताइन् । तर आफू नतिजा देखिने गरी काम गर्ने प्रतिबद्ध रहेको उनले बताइन् ।

विश्वकर्मा यसअघि भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री थिइन् । तर, कांग्रेस–माओवादीको समीकरण भएपछि  भौतिकमा मर्ज गरिएको जलस्रोत तथा ऊर्जा मन्त्रालय फुटाइएर ८ वटै मन्त्रालय गरिएको हो । राज्यमन्त्री भएकी विश्वकर्मालाई फुल मन्त्रीका रूपमा सोही मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको थियो। विश्वकर्मा प्रदेशकी एक मात्र महिला मन्त्री हुन् ।
 

उनले भनिन्,‘ म इमानदार भएर जनताको पक्षमा रहेर काम गर्नुपर्छ भन्ने पक्षमा छु । म कुराभन्दा काम गर्नुपर्छ भन्ने पात्र हुँ।’

उनले आफू पपुलारिटीभन्दा पनि ¥यालिटी बेसमा रहेर काम गर्नुपर्ने पक्षमा रहेको बताइन् । साथै उनले कर्णाली ‘सुनलाई सिरानीमा राखेर नुनको खोजी’ गरिरहेको कर्णालीलाई समृद्धिको मार्गमा डोहो¥याउन सबै पक्ष अग्रसर हुनुपर्ने उल्लेख गरिन् ।

‘हामी डलरको खेती गर्न सक्ने मान्छेहरु आज पनि नुनको खोजी गर्नुपर्ने बाध्यतामा रुमलिरहेका छौँ,’ उनले भनिन,‘ अब यो अवस्थालाई परिवर्तन गर्नका लागि सिँगो कर्णाली जाग्नुपर्छ ।’

यस्तो छन् उनका प्राथमिकताका विषय
मन्त्री विश्वकर्माले जलस्रोत र ऊर्जाका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामको विषय पनि जानकारी दिइन् । १४ बुँदामा उनले जनता सिँचाई कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रमलाई थप व्यवस्थित तरिकाले अघि बढाइने बताइन् ।

साथै आगामी बजेटका लागि आयोजना छनोटलाई व्यवस्थित बनाउने उनको तयारी छ । त्यसका लागि आयोजना माग तथा छनोट कार्यविधि निर्माण गरी जिल्ला स्थित स्थानीय सञ्चार माध्यममा १५ दिने सूचना प्रसारण गर्ने व्यवस्था मिलाइएको मन्त्री विश्वकर्माले जानकारी दिइन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement