Advertisement
Advertisement
Advertisement
Advertisement

एलनिनोको जलवायु जोखिम व्यवस्थापनमा पूर्वतयारी र समन्वय आवश्यक: सचिव दवाडी

  |      14:54:00   |  
web image
web image

भदौ ५ , काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले एलनिनोका कारण उत्पन्न हुन सक्ने जलवायु जोखिम व्यवस्थापनका लागि पूर्वतयारी र संस्थागत समन्वयलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
ललितपुरमा आयोजित ‘नेशनल सिम्पोजियम अन सुपर एलनिनो एण्ड क्लाइमेट रिस्क इम्प्लिकेसन्स फर वाटर, फूड, इनर्जी एण्ड डिजास्टर रेजिलेन्स इन नेपाल’ कार्यक्रममा बोल्दै सचिव दवाडीले एलनिनो मौसमविद्हरूको प्राविधिक विषयमा मात्र सीमित नरहेको बताइन्।
उनका अनुसार एलनिनोको प्रभाव पानी, कृषि, ऊर्जा, जनजीविका र समग्र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ। नदीमा पानीको बहाव घट्दा जलविद्युत् उत्पादन तथा ऊर्जा सुरक्षामा चुनौती थपिन सक्ने भन्दै उनले जोखिम न्यूनीकरणका लागि समयमै योजना बनाउनुपर्नेमा जोड दिइन्।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै दवाडीले पानीको मौसमी उपलब्धता र मनसुनमा आधारित कृषिलाई ध्यानमा राखेर पूर्वतयारीलाई अवसरका रूपमा लिनुपर्ने बताइन्।
उनले जलवायु परिवर्तनका तथ्यांकलाई केवल प्राविधिक विषयका रूपमा नभई जनताको दैनिक जीवनसँग जोडेर हेर्नुपर्ने धारणा राखिन्। समयमा वर्षा नहुँदा किसानको उत्पादन र जीविकोपार्जनमा असर पर्ने तथा पानीका मुहान सुक्दा ग्रामीण क्षेत्रमा थप श्रम र आर्थिक भार सिर्जना हुने उनको भनाइ थियो।
नेशनल ओसियनिक एन्ड एट्मोस्फेरिक एडमिनिस्ट्रेसन ९ल्इब्ब्० को प्रतिवेदन उद्धृत गर्दै सचिव दवाडीले एलनिनोको अवस्था विकास भइरहेको र आगामी महिनामा यो अझ बलियो हुने सम्भावना रहेको जानकारी दिइन्।
उनका अनुसार सन् १९७७ देखि २०१८ सम्मको तथ्यांकले नेपालमा एलनिनोका समयमा वर्षा घट्ने र बढ्ने दुवै प्रवृत्ति देखाएको छ। त्यसैले पूर्वानुमानमा रहेको अनिश्चिततालाई समेत ध्यानमा राखेर जोखिममा आधारित योजना बनाउन आवश्यक रहेको उनले बताइन्।
सचिव दवाडीले भरपर्दो सूचना प्रवाह, सरकारी निकायबीच प्रभावकारी समन्वय र समयमै निर्णय गर्ने प्रणाली विकास गर्न सके जलवायुजन्य मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने बताइन्।
सिम्पोजियमबाट प्राप्त विज्ञका सुझाव, निष्कर्ष तथा सिफारिसलाई व्यवहारमा कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement