Advertisement
Advertisement
Advertisement
Advertisement

एकै परिवारको तीन जनाकोे हत्याको आरोपमा श्रीमान पक्राउ

  |      14:47:00   |  
web image
web image

असोज २७, काठमाडौं। बारामा पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको छ।

बुधबार दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँस्थित नागिना पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूको घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

२५ वर्षीया सुजाता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा र १६ महिने छोरा राजवीर मृत फेला परेका हुन्। स्थानीयका अनुसार गन्हाउँदै गरेको उनीहरूको शव घाँसले छोपिएको थियो।

उनीहरू हराएको भनेर छिमेकीले प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाएपछि खोजी गरिहँदा आज उनीहरूको शव फेला परेको हो। 

उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय श्रीमान दीपेन्द्रलाई वीरगन्जबाट पक्राउ गरेको एसपी बोगटीले बताए।

'परिवार भित्रको सदस्यबाट भएको हुनसक्ने देखिएको छ। मृतकका बुवा भागेको पनि देखिन्छ। वीरगन्जमा सवारी दुर्घटनामा परेर अस्पतालमा भर्ना भएको अवस्थामा हामीले फेला पारेका छौं,’ उनले भने। 

उनको नरायणी अस्पतालमा वीरगन्जमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि त्यहीँ रहेको न्युरो अस्पतालमा भर्ना गरिएको छ। अहिले उनको अवस्था सामान्य रहेको पर्साका डिएसपी दिपक गिरिले बताए।

प्रहरीको नियन्त्रणमा उनको उपचार भइरहेको छ।

‘उनले भाग्दै गरेको साइकल चोरीको रहेछ। उसको साथबाट फेला परेको मोबाइल पनि चोरीकै छ,’ डिएसपी गिरिले भने ।

यो घटना पारिवारिक द्वन्द्व, रिसिइबी र झै(झगडाका कारण भएको हुनसक्ने प्रहरीको बुझाइ छ।

उनीहरूको परिवारबीच समय-समयमा झैझगडा भइरहने गरेको पनि खुलेको छ।

मृतक सुजाता माइतीमा बसेर केही दिन अघि मात्रै फर्किएको एसपी बोगटीले बताए। उनी माइतीबाट फर्किन नचाहे पनि यता आएकी थिइन्।

स्थानीयका अनुसार सोमबार दिउँसो मृतक सुजाताकी श्रीमान दीपेन्द्र र उनका छोराछोरी घोंंघी मार्न भन्दै चौरीतर्फ निस्केका थिए। त्यहाँ सुजाता र दीपेन्द्रबीच झगडा परेको वडाध्यक्ष सन्तोष साहले जानकारी दिए।

‘दीपेन्द्र काम गर्न चाहँदैनथे परिवार चलाउन मुस्किल परेको थियो। श्रीमतीले कमाउन जानु भन्दा पहिले पनि घरमा झगडा परिरहन्थ्यो। झगडाको कारण अन्य घरासयी कारण पनि थियो,’ वडाध्यक्ष साहले भने, ‘घोंघी मार्न गएको बेला पनि विवाद भएपछि दीपेन्द्रले नै तीनैजनालाई गर्दन काटेर मारेको प्रहरीमा बयान दिएको मैले बुझेको छु।’

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement