Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीद्वारा ५ तोला सुनसहितको झोला फिर्ता

  |      14:21:00   |  
प्रहरीद्वारा ५ तोला सुनसहितको झोला फिर्ता

फागुन १६, काठमाडौं । गाडीमा छुटेको ५ तोला सुनसहितको झोला प्रहरीले फेला पारेर सकुशल धनीलाई फिर्ता गरेको छ।

बुधबार बुटवलबाट कपिलवस्तु बाणगंगा नगरपालिका–८, बैरिया जाँदै गरेकी स्थानीय गीता कँडेलले गाडीमा झोला बिर्सिएपछि प्रहरीको सहायताले फिर्ता पाएकी हुन्। उक्त झोलामा सुनका विभिन्न गहना र अन्य सामग्री थिए।

कँडेल बुटवलबाट बिङगर हुँदै बैरिया जाने गाडीमा यात्रा गरिरहेकी थिइन्। घर पुग्ने बेलामा झोला छुटेको थाहा पाएपछि उनले खोजतलासका लागि प्रहरीलाई खबर गरिन्। उनलाई आफू चढेको गाडीको नम्बरसमेत थाहा थिएन।

ईलाका प्रहरी कार्यालयका निरीक्षक लोकेन्द्र जिसीले बुटवल यातायात तथा पश्चिम नेपाल यातायात समितिका पदाधिकारीहरूसँग समन्वय गरी खोजतलास गर्दा झोला फेला परेको जानकारी दिए। सोही गाडीका चालकले झोला सुरक्षित राखेका रहेछन्, जसलाई उनले प्रहरीलाई बुझाएका थिए।

प्रहरीले झोला धनीलाई देखाउँदा कँडेलले उक्त झोला आफ्नो भएको पुष्टि गर्दै सबै सामग्री सुरक्षित रहेको बताइन्। बिहीबार औपचारिक रूपमा झोला फिर्ता गरिएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए।

झोलामा सुनका झुम्का एक सेट, टप, रानीहार, दुई वटा बाला, छड्के तिलहरी र ब्रासलेट रहेका थिए। प्रहरीको सक्रियताका कारण हराएको गरगहना फिर्ता पाएपछि कँडेलले प्रहरीप्रति आभार व्यक्त गरिन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement