फागुन २, काठमाडौं । रूपन्देहीको कञ्चन गाउँपालिकामा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेका छन्।
प्रहरीका अनुसार कञ्चन गाउँपालिका वडा नं। १ सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हत्या गरेका हुन्।
इलाका प्रहरी कार्यालय सालझण्डीले परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको जानकारी दिएको छ। सरोजले बुधबार राति करिब १ बजेतिर पार्वतीको आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए। सरोज पार्वतीका कान्छो छोरा हुन् भने जेठो छोरा रोजगारीको लागि भारतमा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले घटनालगत्तै उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जानकारी दिए।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...