असोज २७, काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको जुम्लामा पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जुम्लामा नेकपा एमालेबाट रतननाथ योगी उम्मेदवार बनेका छन्।कर्णाली प्रदेशमै प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बनेका दुई महिलामध्ये गोमा एक हुन्। सत्तारुढ गठबन्धनबाट भने यहाँ नेकपा माओवादी केन्द्रका गोमा गौतम (कुँवर) उम्मेदवार छिन् ।
जुम्लामा राप्रपाले ज्ञानबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । यहाँ नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन् । डा।कुलबहादुर रोकायाले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।