Advertisement
Advertisement
Advertisement
Advertisement

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका ११ महिला उम्मेदवार

  |      18:08:00   |  
आगामी निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका ११ महिला उम्मेदवार

असोज २५, काठमाडौं । नेकपा एमालेबाट ११ जना महिला नेतृहरुले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन । एमालेले भूगोलमा राम्रो पकड भएका महिला नेतृहरुलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको हो ।

पद्माकुमारी अर्याल, स्याङ्जा २

नेकपा एमालेको पहिलो जिल्ला अध्यक्ष बनेर चर्चामा आउनु भएकी एमाले सचिव पद्माकुमारी अर्याल पुनः पुरानै क्षेत्र स्याङ्जा २ मा उम्मेदवार बन्नुभएको छ । उहाँको पहिलो चुनाव नै कांग्रेसका हेबिवेट नेता गोपालमान श्रेष्ठसँगको प्रतिस्पर्धाबाट शुरु भएको थियो ।

नेतृ अर्याल स्याङ्जा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ दोस्रो पटक चुनाव लड्दा प्रतिस्पर्धी भने फेरिएका छन् । यसअघि २०७४ मा बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजीत गर्नुभएकी अर्यालसँग यसपटक नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अर्याल नेकपा सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्नुका साथै चुच्चे नक्सा जारी गर्ने मन्त्रीका रुपमा समेत चर्चित हुनुहुन्छ । नेपालको चुच्चे नक्सा भूमि व्यवस्था मन्त्रालयबाट उहाँकै नेतृत्वमा प्रकाशन भएको थियो भने सगरमाथाको उचाई मापनको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो ।

भगवती चौधरी, सुनसरी ३

एमाले नेतृ भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएको छ । चाौधरीसँग कांग्रेस नेता विजयकुमार गच्छदार प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । भ्रष्टाचारको आरोपमा बिशेष अदालतले दोषी ठहर गरेका गच्छद्धारलाई नै कांग्रेसले उम्मेदवार बनाएको हो ।
चौधरीको गच्छदारसँग यो तेस्रो पटक प्रतिस्पर्धा हो । गच्छदारको भने २०४८ देखि लगातार सातौँ पटक उम्मेदवारी हो ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अदालतको आदेशले निलम्बनमा रहनुभएका गच्छदारलाई नै कांग्रेसले टिकट दिएपछि उहाँहरुबीच पुनः प्रतिस्पर्धा हुनलागेको हो ।

निरु पाल, कञ्चनपुर ३

एमाले पोलिटव्युरो सदस्य निरुदेवी पाल कञ्चनपुर ३ बाट उम्मेदवार बन्नुभएको छ । पालको दोस्रो पटक प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको हो । एक पटक समानुपातिकतर्फबाट सांसद भई संसदीय समितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएकी पाल कांग्रेसका नेता रमेश लेखकसँग दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सो क्षेत्रमा कांग्रेसबाटै बागी उम्मेदवार रहेकोलेपालको सहज जीत हुने बिश्वास गरिएको छ ।

जुलीकुमारी महतो, धनुषा ३

जुली महतो धनुषा ३ बाट दोस्रो पटक प्रत्यक्षतर्फ चुनावमा उत्रनुभएको छ । उहाँ दुई पटक समानुपातिकबाट सांसद बन्नुभएको थियो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो (उद्योगपति)की बहिनी समेत रहनुभएकी महतो केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ धनुषा ३ बाट उम्मेदवार बन्दै गर्दा हेबिवेट नेताहरू विमलेन्द्र निधी र राजेन्द्र महतोले मैदान छाडनुभएको छ ।

शान्ता चौधरी, दाङ १

एमालेको प्रमुख सचेतकको भूमिकामा रहिसक्नुभएकी पोलिटब्यूरो सदस्य शान्ता चौधरी दाङ क्षेत्र नं। १ बाट उम्मेदवार बन्नुभएको छ । प्रत्यक्षतर्फ यो उहाँको दोस्रो पटक हो । २०७० मा हार व्यहोर्नु भएकी चौधरी पहिलो संविधान सभाको सदस्य समेत हुनुहुन्छ ।

समानुपातिकबाट उहाँ सांसद बन्नुभएको थियो । दाङ, लक्ष्मीपुर निवासी चौधरी आठ वर्षको उमेरदेखि २५ वर्षसम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गर्नुभएको थियो ।

ज्वालाकुमारी साह, बारा ३

ज्वाला कुमारी साहलाई एमालेले यस पटक बारा क्षेत्र नं। ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। २०६४ सालमा माओवादीबाट चुनाव जित्नुभएकी साहले २०७० को निर्वाचनमा भने पराजय बेहोर्नुपरेको थियो ।

२०७४ मा भएको प्रदेशसभा चुनावमा बाम गठबन्धनबाट साहले जित हात पार्नुभयो । ज्वाला नेकपा विभाजनको बेला प्रदेश सांसदको पद त्यागेर नेकपा एमालेमै रहनुभएको हो । उहाँ यसबीचमा मधेस प्रदेश अध्यक्ष हुँदै हाल एमालेको पोलिटव्युरो सदस्य हुनुहुन्छ ।

मञ्जु चौधरी, उदयपुर १

मञ्जु चौधरी उदयपुर १ बाट प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक उम्मेदवार बन्नुभएको छ । चौधरीले २०७० सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा जित हात पारे पनि २०७४ सालमा भने नेपाली कांग्रेसका नेता तथा हालका परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजीत हुनुभयो । यस पटक पनि चौधरी र खड्काकै बीचमा प्रतिस्पर्धा हुन लागेको छ ।

विद्या भट्टराई, कास्की २

एमाले नेतृ तथा तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई दोस्रो पटक कास्की २ मा उम्मेदवार बन्नुभएको छ ।

तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको ठाउँमा उपचुनाव जितेपछि राजनीतिमा कम ब्याक हुनुभएकी बिद्या यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएको हो । उहाँ बिद्यार्थी आन्दोलनका चर्चित नेतृसमेत हुनुहुन्छ ।

गौरी ओली, डोटी

गौरी वली डोटीबाट चुनावमा होमिनुभएको छ । एक पटक समानुपातिकबाट सांसद हुनुभएकी अ‍ोली एमाले केन्द्रीय सदस्य पनि हुनुहुन्छ । पहिलो पटक प्रत्यक्ष उम्मेदवारी दिनुभएकी ओली सत्ता गठबन्धनका अश्लिल गालीगलोजका पण्डितका रुपमा रहनुभएका प्रेम आलेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहँदा आलेले अश्लिल गालीगलोज गरेको अडियो र भिडियो नै सार्वजनिक भएको थियो ।

कोमल ओली, दाङ ३

एमाले केन्द्रीयसदस्य तथा पूर्वसञ्चारकर्मी एवं गायिका कोमल वली यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको छ । एमालेले वलीलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको हो । अघिल्लो निर्वाचनमा उहाँ यही क्षेत्रबाट चुनाव लड्ने तयारी गर्नुभएको थियो ।

मञ्जु शर्मा चालिसे, बागलुङ २

मञ्जु शर्मा चालिसे बाग्लुङ २ बाट उम्मेदवार बन्नुभएको छ । केही समयअघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गर्नुभएकी चालिसे यसअघि स्थानीय तहको चुनावमा गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार बनेर ३२६५ मत पाउनु भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement