Advertisement
Advertisement
Advertisement
Advertisement

आईसीसी यू-१९ महिला टी-२० विश्वकप : कुन टोली कसरी छनोट भए ?

  |      15:20:00   |  
आईसीसी यू-१९ महिला टी-२० विश्वकप : कुन टोली कसरी छनोट भए ?

पुस २८, काठमाडौं।  वर्ष २०२५ को सुरुमै क्रिकेटको ठूलो प्रतियोगिता आइसीसी यू-१९ महिला टी२० विश्वकप मलेसियामा हुँदै छ । जहाँ १६ टोली उपाधि जित्ने प्रतिस्पर्धामा सामेल हुनेछन् ।

यू-१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो र यो प्रतियोगिता यही जनवरी १८ मा सुरु हुनेछ भने फेब्रुअरी २ मा फाइनल खेल हुनेछ । तर केही टिमका लागि भने यात्रा लामो रह्यो ।
११ टोलीले सिधै विश्वकपमा स्थान बनाउँदा केही टोलीले भने मलेसियाको टिकट काट्न महिनौं प्रतिस्पर्धा गरे । अफ्रिका, एसिया, इस्ट एसिया प्यासिफिकमा क्षेत्रिय छनोटको आयोजना भएको थियो ।

विश्वकप खेल्न कुन टोली कसरी छनोट भए भन्ने विषयमा आईसीसीले तयार पारेको सामग्रीबाट साभार गरी यो लेख तयार गरिएको छ ।
सोझै छनोट भएका ११ टोली

२०२५ को विश्वकपका लागि ११ टिमले सिधै स्थान पक्का गरेको थियो । सुरुमा आयोजकको रुपमा मलेसियाले सिधै स्थान बनायो । मलेसियाले यू(१९ विश्वकपमा यसैपटक डेब्यु गर्दैछ । दुई वर्षअघि घरेलु मैदानमै भएको एसिया छनोटमा पराजित भएपछि मलेसियाले यू(१९ विश्वकप गुमाएको थियो ।

सन् २०२३ को पहिलो संस्करणमा खेलेका आईसीसीको १० फुल मेम्बर टोली मलेसियासँगै सिधै छानिएका हुन् । दक्षिण अफ्रिकामा गरेको प्रदर्शनमा आधारमा ती टोलीले स्वतस् यस पटक विश्वकपमा स्थान सुरक्षित बनाएको हो ।

साविक विजेता भारतसहित साविक उपविजेता इंग्ल्याण्ड फेरि एकपटक यू१९ विश्वकपमा दाबेदारी प्रस्तुत गर्दैछन् । अस्ट्रेलिया र न्युजिल्यान्ड पहिलो संस्करणमा सेमिफाइनलमा पराजित भएका थिए । यीसँगै बंगलादेश, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज गत संस्करणमा सुपर सिक्समा स्थान बनाउँदै यसपटक सोझै छनोट भएका हुन् ।
अफ्रिका क्वालिफायरबाट विजेता बन्दै नाइजेरियाले विश्वकपमा स्थान बनायो । नाइजेरियाको कुनै पनि महिला क्रिकेट टिमका लागि यो पहिलो क्रिकेट विश्वकप अनुभव हुनेछ ।

शीर्ष डिभिजनको समूह ‘बी’ मा रहेको जिम्बावे, तान्जानिया र मालावीलाई पराजित गर्दै नाइजेरिया शीर्षस्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । नाइजेरियासँगै समूह ए मा तीनै खेल जितेको युगान्डा सेमिफाइनलमा पुग्यो । यस्तै रुवान्डा र जिम्बाबे पनि सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा नाइजेरियाले आयोजक रुवान्डालाई ६२ रनले हरायो भने जिम्बाव्वे अर्को फाइनलिस्ट टोली थियो । तर वर्षाका कारण दोस्रो इनिङ्सको खेल स्थगित भयो । यद्यपी समूह चरणमा जिम्बाबेलाई हराएको आधारमा नाइजेरिया विजेता बन्दै मलेसियामा हुने विश्वकपमा स्थान बनाउन सफल भयो ।
एसिया क्वालिफायरमा चार टोलीबीच प्रतिस्पर्धा भएको थियो । डबल राउण्ड रोविनको आधारमा भएको छनोटमा नेपाल च्याम्पियन बन्दै विश्वकपमा पुगेको हो ।

नेपालले ६ मध्ये ५ खेल जितेको थियो । आयोजक यूएईसँगै समान अंक भएपनि राम्रो नेटरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहँदै विश्वकपमा पुग्यो । नेपालले घरेलु टोली यूएईलाई एक पटक पराजित गर्दा थाइल्याण्ड र कुवेतलाई समान दुई पटक हराएको थियो ।

नेपाल र यूएईबीचको पहिलो खेलमा यूएई १३ रनले विजयी भएको थियो । तर अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई ८ विकेटले हराएर बदला लिँदै विश्वकप पुग्यो ।

दोस्रो खेलमा प्लेअर अफ दि म्याच भएकी कृष्मा गुरुङले १७ रन खर्चेर ४ विकेट लिएपछि नेपालले यूएईलाई ८३ रनमा रोकेको थियो र १४।४ ओभरमा उक्त लक्ष्य पूरा गर्दै नेपालले मलेसियाको टिकट काटेको थियो ।
इस्ट एसिया(प्यासिफिकबाट चार टोलीले यू१९ महिला टी२० विश्वकपमा पुग्न प्रतिस्पर्धा गरेका थिए । आयोजक इन्डोनेसियासँगै सामोआ, पपुवा न्युगिनी र फिजीले डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

अन्त्यमा सामोआले ६ मध्ये ५ खेलमा जित हात पार्दै यू-१९ विश्वकपमा स्थान बनायो । सामोआ पपुवा न्युगिनीसँग मात्र पराजित भएको थियो । तर पपुवा न्युगिनी तेस्रो स्थानमा रह्यो ।

सामोआले लिग चरणमा घरेलु टोली इन्डोनेसियामाथि दुवै खेलमा जित हात पारेको थियो । छनोटमा इन्डोनेसिया दोस्रो भयो । इन्डोनेसियाले सामोआलाई कम्तीमा पनि एउटा लेगमा हराएको भए विश्वकपको यात्रा गर्ने थियो ।

पहिलो खेलमा सामोआले इन्डोनेसियालाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि दोस्रो खेलमा सामोआले इन्डोनेसियालाई ८ रनले पराजित गरेको थियो ।
नेदरल्याण्ड्स विरुद्धको तीन खेलको सिरिज जित्दै स्कटल्याण्डले आईसीसी यू(१९ महिला टी२० विश्वकपमा स्थान बनाएको हो । अबरडिनमा भएको तीनवटै खेलमा स्कटल्याण्ड विजयी भएको थियो ।

पहिलो खेलमा स्कटल्याण्डले डच टोलीलाई १० विकेटले हरायो । यस्तै दोस्रो खेलमा ६ विकेटको जित निकालेको स्कटल्याण्डले तेस्रो खेलमा ६४ रनको जित हात पारेको थियो ।
संयुक्त राजय अमेरिकाले सिधै आईसीसी यू-१९ महिला टी२० विश्वकपमा स्थान बनाएको हो । आवश्यक मापदण्ड पूरा गर्ने एउटै मात्र राष्ट्र भएकाले अमेरिकाले सिधै विश्वकपमा स्थान बनाएको हो ।

सन् २०२३ मा भएको पहिलो संस्करणमा समूह ए मा चौथो स्थानमा रहेको अमेरिका दोस्रो पटक यू-१९ महिला विश्वकप खेल्दैछ । त्यसबेला चौथो स्थानको प्लेअफमा अमेरिका स्कटल्यान्डसँग पराजित भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement